+
+

बार एशोसिएसनको मतपरिणाम आउन ३ दिन लाग्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १९ गते १३:५१
तस्वीर : अधिवक्ता चन्द्रबहादुर क्षेत्रीको फेसबुकबाट ।

१९ चैत, काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनको निर्वाचनको मतपरिणाम आउन तीन दिन लाग्ने भएको छ ।

निर्वाचन समितिका अनुसार मतदान सम्पन्न भइसकेपछि देशभरका मतपेटिकाहरु काठमाडौंमा ल्याइनेछ । त्यसपछि मतगणना सुरु हुने हुनाले परिणाम आउन करिव ३ दिन लाग्ने अनुमान गरिएको पनि प्रमुख निर्वाचन अधिकृत उषा मल्ल पाठकले बताइन् ।

बार एशोसिएसनको नयाँ नेतृत्व चयनका लागि शनिबार देशभरका बार इकाइहरुमा मतदान भइरहेको छ । काठमाडौंसहित देशका विभिन्न भागमा रहेका ३५ वटा स्थानबाट नेपाल बार एशोसिएशनको २६ औं केन्द्रीय कार्य समिति चयनका लागि मतदान भइरहेको हो । बारमा अध्यक्षसहित ११ जना पदाधिकारी र सदस्यहरुसहित २५ जनाको कार्य समिति चयन हुनेछ ।

बिहान ८ बजेबाट सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म हुनेछ । निर्वाचन समितिका अनुसार केही स्थानमा भने मतदान सकिएको छ ।

नयाँ कार्य समितिको नेतृत्वको लागि प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूह र पेशागत कानुन व्यवसायी समूह र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुनेछ ।

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्वमा वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?