+

दीपक र पुष्पाले जिते किसुनजी स्मृति हाफ म्याराथन

२०७८ चैत  १९ गते १८:३६ २०७८ चैत १९ गते १८:३६
दीपक र पुष्पाले जिते किसुनजी स्मृति हाफ म्याराथन

१९ चैत, काठमाडौं । नेपाल आर्मीका दीपक अधिकारी र एपीएफ क्लबकी पुष्पा भण्डारी दोश्रो किसुनजी स्मृति राष्ट्रिय खुला हाफ म्यारfथनमा शनिबार पहिलो भएका छन् । दुवै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन् । १३ औं सागमा दीपकले काँस्य तथा पुष्पाले रजत जितेका थिए ।

दीपकले निर्धारित दूरी १ घण्टा ५ मिनेट ३४ सेकेन्डमा पूरा गरे । बाग्लुङका तीर्थकुमार पुन (१ घण्टा ६ मिनेट ५५ सेकेन्ड) दोस्रो र आर्मीका राजन रोकाया (१ घण्टा ८ मिनेट ४९ सेकेन्ड) तेस्रो भए ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ, बाग्मती प्रदेशद्वारा आयोजित प्रतियोगितामा पुष्पाले १ घण्टा २१ मिनेट ५० सेकेन्डमा दौड पूरा गरिन् । एपीएफकै विन्द्रा धन्के श्रेष्ठ (१ घण्टा २७ मिनेट ४४ सेकेन्ड) दोस्रो र नेपाल प्रहरी क्लबकी रेखा विष्ट (१ घण्टा ४१ मिनेट १८ सेकेन्ड) तेस्रो बने ।

पुरुष र महिला दुवैमा शीर्ष स्थान हात पार्नेले क्रमशः ५० हजार, ३० हजार र २० हजारका दरले नगद पुरस्कार हात पारे । विजेतालाई नेपाली कांग्रेसका नेता प्रकाशशरण महत, इन्द्र बानियाँ, आयोजकका अध्यक्ष दीपक गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दौड गोल्फुटारबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः गोल्फुटारमै पुगेर टुंगिएको थियो ।

समापनका अवसरमा तेक्वान्दोकी संगीना वैद्य, बक्सिङका मथुरादास नेवाः, भलिबलका भरत शाह, एथलेटिक्सकी राजकुमारी पाण्डे र खेल पत्रकार राजु सिलवाललाई नगदसहित प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।

किसुनजी स्मृति हाफ म्याराथन खेलकुद हाफ म्याराथन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय