+
+

पाकिस्तानका प्रधानमन्त्री इमरानद्वारा संसद विघटनको सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २० गते १३:३६

२० चैत, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद विघटन गर्न राष्ट्रपति आरिफ अल्भी समक्ष सिफारिस गरेका छन् । राष्ट्रका नाममा संवोधन गर्दै इमरानले आफूले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको बताएका हुन् ।

इमरना विरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावलाई उपसभामुख क्वासिम सुरीले खारेज गरेका थिए ।

अविस्वासको प्रस्तावलाई संसदले खारेज गरे लगत्तै राष्ट्रका नाममा संवोधन गर्दै इमरानले जनतालाई चुनावको तयारी गर्न निर्देशन दिएका छन् । उनले सरकार हटाउने बनाउने निर्णय गर्ने अधिकार जनतालाई नै भएको बताए ।

विपक्षीहरुले ल्याएको अविस्वास प्रस्तावको पक्षमा सत्ता गठबन्धनका दल नै लागेपछि प्रधानमन्त्री खानको सत्ता संकटमा परेको थियो ।उनी अल्पमतमा परेका थिए ।

अल्पमतमा परे पनि राजीनामा नदिने बरु अविश्वास प्रस्ताव सामना गर्ने बताउँदै आएका उनले संसदमा अविश्वास प्रस्तावमा भोटिङ्ग हुन नै नदिएनन् । संसदले अविस्वास प्रस्ताव खारेज गर्‍यो भने लगत्तै इमरनाले संसद विघटन गरे ।

उपसभामुख सुरीले संवैधानिक शक्तिको प्रयोग गर्दै अविस्वास प्रस्ताव खारेज गरेको इमरानले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?