+
+

स्थानीय तह निर्वाचनका लागि उम्मेदवार खोज्दै विवेकशील साझा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २० गते १५:५८

२० चैत, काठमाडौं । विवेकशील साझा पार्टीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार खोजी गरेको छ ।

स्थानीय तह निर्वाचनमा पार्टी बाहिरका योग्य व्यक्तिलाई पनि तराजु चिह्नबाट प्रतिस्पर्धा गराउने भन्दै विवेकशील साझाले त्यसका लागि प्रस्ताव आह्वान गरेको छ ।

‘स्थानीय चुनावमा देशैभरि हामी विवेकशील साझाका सहित बाहिरका पनि इमान्दार/सक्षम व्यक्तिहरूलाई विवेकशील साझा पार्टीको ‘तराजु’ चुनाव चिह्न लिएर उम्मेदवार बन्न आह्वान गर्दछौँ’ विवेकशील साझाले सूचनामा भनेको छ ।

विवेकशील साझाले नेपालभित्र रहेका र विदेशमा रहेका पनि आफ्नो गाउँमा आएर उम्मेदवार बन्न इच्छुक भए फारम भर्न आग्रह गरेको छ । साझा पार्टीबाट उम्मेदवार बन्न चाहनेले प्रदेशका संयोजकलाई सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?