+
+

काठमाडौं रेजर्सद्वारा फुटसल प्रतियोगिता आयोजना

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २० गते २०:२५

काठमाडौं । काठमाडौं रेजर्स फुटबल क्लबले एकदिने फुटसल प्रतियोगिता आयोजना गरेको छ ।

क्लबका मुख्य प्रशिक्षक बालगोपाल महर्जन र मार्की प्लेयर विकेश कुथुलाई भेट्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ ।

टिम डाइरेक्टर विज्ञानराज शर्माका अनुसार काठमाडौं रेजर्सको आधिकारिक फेसबुक पेजमा फेसबुक लाइभमार्फत १५० भन्दाबढी दर्ताबाट लक्की ड्रमार्फत १६ टोली छनोट गरिएको थियो ।

प्रत्येक खेल नकआउट विधिबाट खेलाइएको थियो । विजेताले नगद १५ हजार नगद सहितप्रमाणपत्र, मेडल, ट्रफी सहितटिमको टि–सर्ट प्राप्त गरे । भद्रकाली फुटसलले फाइनलमा टर्फ किंगलाई पराजित विजेता बन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?