+
+
Shares

अनलाइनखबरका एसोसिएट एडिटर सुदर्शन खतिवडा सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३१ गते १८:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशनमा अनलाइनखबरका एसोसिएट एडिटर सुदर्शन खतिवडा सम्मानित भएका छन्।
  • धादिङबेँसीमा शनिबार आयोजित महाधिवेशनमा पत्रकारितामार्फत समाजमा पुर्‍याएको योगदानको कदर गर्दै खतिवडालाई सम्मान गरिएको हो।
  • महाधिवेशनमा शिक्षा, साहित्य, स्वास्थ्य र पत्रकारितामा योगदान पुर्‍याएका अन्य व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको छ।

३१ असोज, धादिङ । अनलाइनखबरका एसोसिएट एडिटर सुदर्शन खतिवडा अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशनमा सम्मानित भएका छन् । धादिङबेँसीमा शनिबार आयोजित महाधिवेशनमा खतिवडालाई सम्मान गरिएको हो ।

पत्रकारितामार्फत समाजमा पुर्‍याएको योगदानको कदर गर्दै खतिवडालाई सम्मान गरिएको अन्तर्राष्ट्रिय धादिङ समाजले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्षताका साथ जनसरोकारका विषयहरू उजागर गर्दै पत्रकारिता क्षेत्रमार्फत समाजलाई जवाफदेही बनाउन पुर्‍याएको उच्च योगदानको कदर गर्दै खतिवडालाई सम्मान गरेको समाजले जनाएको छ ।

समाजले महाधिवेशनका अवसरमा शिक्षा तथा साहित्य, स्वास्थ्य र पत्रकारितालगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका अन्य व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको छ ।

शिक्षा तथा साहित्य क्षेत्रबाट डा. नवराज लम्साल, डा. बलदेव अधिकारी र हेरम्बराज कंडेल सम्मानित भएका छन् भने स्वास्थ्य क्षेत्रबाट प्रा.डा. दीपक रेग्मी लगायत सम्मानित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?