+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

परराष्ट्रमन्त्रीको स्पष्टीकरण : पार्टी टू पार्टी सम्बन्ध राख्न भाजपा कार्यालय गएका हौं

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २० गते २०:५२

२० चैत, काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिका नाताले भारतीय जनता पार्टी (भाजपा)को मुख्यालयमा गएको बताएका छन् ।

तीन दिन भारत भ्रमणमा गएका प्रधानमन्त्री देउवा शुक्रबार भाजपा मुख्यलय पुगेका थिए, जसलाई कूटनीतिक मर्यादा विपरीत भनिएको छ । आइतबार प्रधानमन्त्री देउवा स्वदेश फर्किपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री खड्काले भने, ‘भाजपाको कार्यालयमा प्रधानमन्त्रीको नाताले जानुभएको होइन, नेपाली कांग्रेसको सभापति भएको नाताले पार्टी टू पार्टी सम्बन्ध विस्तारका लागि जानुभएको हो ।’

कांग्रेस सभापति भएको नाताले नेपाली कांग्रेसले अरु देशका पार्टीहरुसँग मैत्रीपूर्ण सम्बन्ध राख्दै आएको उनले बताए ।

भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको भेटमा प्रधानमन्त्री देउवा रसीमा समस्या आपसी छलफल र कूटनीतिक माध्यमबाट समाधान हुनुपर्छ भनेर भनेर धारणा राखेको मन्त्री खड्काले बताए । मैत्रीपूर्ण सम्बन्धको पृष्ठभूमिमा कूटनीतिक सम्वाद र स्थापित संयन्त्रमार्फत सम्बोधन गर्ने कुराकानी भएको छ ।’

भ्रमणका क्रममा खुलेर छलफल भएको भन्दै उनले नेपाल भारतको घनिष्ट र मैत्रीपूर्ण नयाँ चाइमा पुर्‍याउन महत्वपूर्ण योगदान गरेको आफूहरुले महसुस गरेको समेत उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?