
२१ चैत, काठमाडौं । सोमबार सुन तथा चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले तय गरेको खरिद बिक्री मूल्य अनुसार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ ।
सोमबार छापावल सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार दुई सय रुपैयाँ तोकिएको छ ।
यस्तै चाँदीको मूल्य तोलामा प्रतितोला १३ सय ५० रुपैयाँ कायम भएको छ ।
आइतबार ९९ हजार ३ सय रुपैयाँमा छापावल र ९८ हजार ८ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो भने चाँदीको १३ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4