+
+
Shares

किसानसँग प्रतिकिलो रु. ३० मा धान किन्ने दुई राइस मिलको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २१ गते १३:०१
फाइल तस्वीर

२१ चैत, काठमाडौं । दुई वटा राइस मिलले न्यूनतम समर्थन मूल्यभन्दा बढीमा किसानसँग धान किन्ने घोषणा गरेका छन् । नेपाल सरकारबाट स्वीकृत रामधान वा तेज गोल्ड जातको धान प्रतिकिलो ३० रुपैयाँमा खरिद गर्ने घोषणा नेपाल कृषि केयर र आरजु राइस मिलले गरेका हुन् ।

विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यो वर्ष वर्षे (अघनी) धान ११ हजार मेट्रिक टन खरिद गर्ने योजना बनाएको नेपाल कृषि केयरका डाइरेक्टर डाक्टर रामचन्द्र खनालले जानकारी दिए ।

सरकारले मोटा धानको मूल्य प्रतिकिलो २८ र मसिना धानको मूल्य प्रतिकिलो २९ रुपैयाँ तोकेको छ । किसानले धान लगाउनु पूर्व नै मूल्य तोकेर कम्पनीले धान खरिद गर्ने जनाएको हो । कम्पनीले ५० करोड लगानीमा मोरङको डाँगीहाटमा मिल स्थापना गरेको छ ।

कम्पनीले आफूले खरिद गर्ने धानको चिस्यान मात्रा १८ प्रतिशतको भएको हुनुपर्ने जनाएको छ । धान खरिद गरेबापतको रकम किसानको बैंक खातामा दुई दिनभित्रै भुक्तानी गर्ने दाबी कम्पनीले गरेको दाबी छ । धान खरिदका लागि कम्पनीले पहिले सम्झौता गरेका किसान, समूह वा सहकारीलानई प्राथमिकतामा राखेको पनि खनाल बताउँछन् ।

कम्पनीले धान खरिद बाहेक नेपाल कृषि केयरले किसान वा कृषक समूहलाई खेती गर्न वा कृषि यन्त्र उपकरण खरिद गर्न व्यवसायिक बैंकबाट ऋण चाहिएको खण्डमा पनि सहुलियतपूर्ण कृषि ऋण प्राप्त गर्न सहजीकरण गर्ने बताएको छ ।

नेपाल कृषि केयर बुद्ध एयरको सामाजिक दायित्व कार्यक्रम अन्तर्गतको अभियान हो । यस कम्पनीमार्फत कम्पनीले १० वर्षदेखि धान खेतीको उत्पादन वृद्धि तथा मूल्य श्रृङ्खलामा काम गर्दै आएको छ । यसै कम्पनीले स्थापना गरेको मिल नै आरजु राइस मिल हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?