+
+

८ महिनामा जीवन बीमा कम्पनीको आम्दानी ९२ अर्ब, कुन कम्पनीको कति ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २१ गते १९:०९

२१ चैत, काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा १९ जीवन बीमा कम्पनीहरुले बीमा शुल्क बापत ९२ अर्ब २० करोड ३९ लाख २० हजार रुपैयाँ आम्दानी गरेका छन् । बीमा समितिले दिएको जानकारी अनुसार यी कम्पनीहरुले फागुन महिनासम्म २५ अर्ब ९१ करोड ४२ लाख ५४ हजार रुपैयाँ प्रथम बीमा शुल्कवापत आर्जन गरेका हुन् । यस अवधिमा कम्पनीहरुले नवीकरण बीमा शुल्क वापत ६६ अर्ब २८ करोड ९६ लाख ६५ हजार रुपैयाँ आर्जन गरेका छन् ।

समितिका तथ्यांकशास्त्री बस्नत बोहराका अनुसार फागुनमहिनामा मात्रै कम्पनीहरुले प्रथम बीमा शुल्क बापत २ अर्ब ८८ करोड १६ लाख रुपैयाँ र नवीकरण बीमा शुल्कबाट ८ अ र्ब १ करोड ९८ लाख ८४ हजार रुपैयाँ गरी १० अर्ब ९० करोड १५ लाख रुपैयाँ आम्दानी गरेका छन् । एक महिनामा जीवन बीमा कम्पनीहरुले ११ लाख ३७ हजार ७४९ वटा बीमा पोलिसी बिक्री गरेका छन् ।

जीवन बीमा कम्पनीहरुले एक वर्षमा ३८ दशमलव ३७ प्रतिशतले जीवन बीमालेख वृद्धि गरेका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले ९२ लाख ३९ हजार ८२४ वटा बीमालेख बिक्री गरेका हुन् । अघिल्लो वर्षको फागुन मसान्तसम्म कम्पनीहरुले ७४ लाख ६४ हजार १५१ वटामात्रै बीमालेख बिक्री गरेका थिए ।

तालिकामा हेर्नुस् बीमा शुल्कको अवस्थाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?