+
+

ओस्कार प्रकरण : नेटफ्लिक्सले ‘फास्ट एण्ड लस’ फिल्मबाट विल स्मिथलाई हटायो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २२ गते १२:५६

काठमाडौं । कमेडियनलाई ओस्कार समारोहमै थप्पड हानेपछि हलिउड स्टार विल स्मिथ अहिले विवादमा तानिएका छन् । विवाद तत्कालै सकिने छाँटकाट छैन बरु लम्बिने देखिएको छ ।

घटनालाई लिएर माफी माग्दै अभिनेता स्मिथले यसैसाता ओस्कार एकेडेमीबाट राजीनामा दिइसकेका छन् । अर्कोतर्फ ओस्कार आयोजकले पनि कथा यत्तिकैमा अन्त्य नहुने बताइसकेको छ ।

एकडेमीले स्मिथविरुद्ध अनुशासन कारबाहीको प्रक्रिया सुरु हुने बताएको छ भने थप्पड खाएका क्रिस रकले पनि कानुनी उपचारमा अघि बढ्ने बताइसकेका छन् । यस्तोमा हलिउड उद्योगबाट समेत स्मिथविरुद्ध दबाब बढ्न थालेको छ ।

नेटफ्लिक्सले बनाउन लागेको नयाँ फिल्म ‘फास्ट एण्ड लुज’बाट अभिनेता स्मिथलाई हटाइएको छ । ओस्कारको थप्पड प्रकरणले चर्को रुप लिंदै जाँदा स्ट्रिमिङ जायन्टले यस्तो निर्णय लिएको हो । उक्त फिल्मलाई डेभिड लिचले निर्देशन गर्दै थिए ।

नेटफ्लिक्सले स्मिथलाई लिएर तत्काल फिल्म नबनाउने निर्णय गरेपछि निर्देशक लिचले अभिनेता रायन गसलिङलाई लिएर ‘फल गाइ’ निर्देशनको तयारी थालेका छन् ।

हलिउड रिपोर्टर म्यागजिनका अनुसार नेटफ्लिक्सले अब नयाँ निर्देशक र अभिनेतालाई लिएर फिल्म बनाउनेबारे सोच बनाएको छ । ‘फास्ट एण्ड लस’ एक अपराधमा संलग्न मानिसको कथा हो जसले आक्रमणमा स्मरण शक्ति गुमाउँछ ।

अभिनेता स्मिथ अहिले एप्पल प्लसको इस्केप ड्रामा ‘इम्यानिसिपेसन’मा काम गरिरहेका छन् । स्मिथलाई लिएर सोनीले पनि ‘ब्याड ब्वाइज ४’को निर्माण सुरु गरिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?