+
+

एक दीगो डिजिटल व्यापार निर्माण

साइमन लिन साइमन लिन
२०७८ चैत २२ गते १३:१७

एसिया-प्यासिफिक डिजिटल रूपान्तरणका लागि अवसरहरू सिर्जना गर्न प्रतिबद्ध रहेको छ । कोभिड-१९ महामारीमा यसले गति लिएको छ । ५जी स्केलमा रोल आउट हुँदा, कनेक्टिभिटी, क्लाउड, एआई, कम्प्युटिङ र औद्योगिक एप्लिकेसनहरू सबै आईसीटी क्षेत्रका लागि अभूतपूर्व अवसरहरू सिर्जना गर्न एकसाथ आएका छन् ।

एसियाली आर्थिक एकीकरण प्रतिवेदन २०२१ अनुसार एसिया प्यासिफिकले वार्षिक रुपमा १.७ ट्रिलियन डलर वा सन् २०२५ सम्ममा ८.६ ट्रिलियन डलरभन्दा बढीको आर्थिक लाभांश पाउनेछ । डिजिटल प्रविधिको बढ्दो प्रयोगले २०२५ सम्म यस क्षेत्रमा वार्षिक करिब ६५ मिलियन नयाँ रोजगारी सिर्जना गर्नेछ ।

स्थिर मानवीय, वित्तीय र व्यापार आधारभूत आवश्यक्तासहित, इतिहासकै उच्च नेट प्रोफिट र हाम्रो दबाबमा विश्वव्यापीकरण गर्ने र आर एण्ड डीमा लगानी बढाउने निरन्तर प्रयासको साथमा, ह्वावेको अटल व्यापार रणनीति डिजिटल पावर र क्लाउड समावेस गरी कनेक्टिभिटी र कम्प्युटिङमा द्रुत रूपमा विकासित हुँदै गरेको नयाँ व्यवसायहरूमा ध्यान केन्द्रित छ, जुन एसिया प्यासिफिकमा डिजिटल इकोनोमी ड्राइभ गर्न पूर्ण रुपले आबद्ध छ ।

मुख्य डिजिटल प्रवृतिहरूको लाभ उठाउँदै

हामीले डिजिटल रूपान्तरणतर्फको प्रवेगबाट नयाँ अवसरहरूमा ध्यान केन्द्रित गर्न कोभिड-१९ बाट गियर परिवर्तन गर्ने क्रममा म, हाम्रो डिजिटल भविष्यका लागि सम्भावनाहरूसँग पुनः उर्जावान छु । २०२२ मा हाम्रो ह्वावे भिजन र मिसन जारी छ जुन पूर्ण रूपमा कनेक्टेड भएको, इन्टेलिजेन्ट संसारका लागि प्रत्येक व्यक्ति, घर र संगठनमा डिजिटल ल्याउने हो । मोबाइल वर्ल्ड कंग्रेस २०२२ सँग यस वर्ष यो भिजनलाई पुनः जोड दिने र यसलाई २०३० को सम्भावित विश्वको लागि हाम्रो भिजनमा विस्तार ल्याउने यो भन्दा राम्रो अवसरको बारेमा सोच्न सकिंदैन ।

२०३० मा भविष्यको संसारलाई हेर्दै, यसका विशेषताहरू र यसले जीवन, उद्योग, समाज र अर्थतन्त्रका हरेक पक्षलाई कसरी असर गर्नेछ, ह्वावेले डिजिटल जीवन, डिजिटल उद्योगहरू, डिजिटल पूर्वाधार र डिजिटल क्यारियरहरू समावेश गर्ने ४ वटा फराकिलो क्षेत्रहरूमा विभिन्न सूचकहरूको भविष्यवाणी गरिरहेको छ । डिजिटल लाइफको लागि नयाँ एक्सआर र परिष्कृत मल्टिमिडिया अनुभवहरूले १ बिलियन प्रयोगकर्ताहरूलाई मापन गर्नेछ र म्युजियम भ्रमणदेखि किनमेलसम्म सबै कुरालाई पुनः परिभाषित गर्ने इमर्सिभ सोलुसनहरू प्रदान गर्नेछ । यसका लागि डाटा आवश्यकतालाई डिजिटल उद्योगसँग जोड्दा हरेक वर्ष विश्वव्यापी रूपमा उत्पन्न हुने डाटाको मात्रा एक ट्रिलियन गीगाबाइट भन्दा बढी हुनेछ र क्लाउड सेवाहरूले उद्यम एप्लिकेशन खर्चको ८७ प्रतिशतभन्दा बढीको लागि जिम्मेवार हुनेछन् ।

डिजिटल इन्फ्रास्ट्रक्चरले उद्योगको बिजुली उत्पादनको ४२ प्रतिशतको लागि रिन्यूएबल एनर्जीको साथमा ऊर्जा संरक्षण र उत्सर्जन घटाउने सुधार ल्याउनेछ । आईसीटी प्रविधिहरूले विश्वव्यापी ऊर्जाको मात्र २ प्रतिशत खपत गर्दा कार्बनडाइअक्साइड उत्सर्जनलाई २० प्रतिशतले कम गर्न मद्दत गर्नेछ ।

यी सबैलाई अन्डरपिनिङ गर्ने डिजिटल क्यारियरहरू हुनेछन् जसले २०० बिलियन भन्दा बढी कनेक्सनहरूलाई समर्थन गर्ने र उद्योगहरूलाई थप कम्प्युटिङ र स्टोरेज क्षमताहरू प्रदान गर्ने छ ।

इन्टेलिजेन्ट संसारले अनुभवहरूलाई पुनः परिभाषित गर्नेछ, सञ्चालनहरू अप्टिमाइज गर्नेछ र नयाँ व्यवसायलाई प्रज्वलित गर्नेछ । व्यापार, प्रविधि र दिगोपनलाई अँगालेर हामी ग्राहक, साझेदार, सरकार, उद्योग र उपभोक्ताहरूसँग मिलेर यो नयाँ डिजिटल भविष्य मार्फत जीवनलाई समृद्ध बनाउन काम गर्ने आशा राख्छौं ।

डिजिटल इन्फ्रास्ट्रक्चरमा ड्राइभिङ इनोभेसन

मौलिक रूपमा, हाम्रो भावी संसार ३ ड्राइभिङ फोर्सेसमा आधारित हुनेछः व्यापार, प्रविधि र स्थिरता । पहिलो, डिजिटलीकरण र सेवाहरू सुधार गर्न विभिन्न उद्योगहरूमा डिजिटल प्रविधिहरूको प्रयोगबाट व्यापार-संचालित शक्तिहरू उत्पन्न हुनेछन् ।

दोस्रो, प्रविधि-सञ्चालित फोर्सेस ५जी एडभान्स, ६जी र आईपीभी६ प्लस र नयाँ एप्लिकेसनहरू सक्षम गर्न विकसित भइरहेका कम्प्युटिङ प्रविधिहरू लगायत नयाँ कनेक्टिभिटीबाट उत्पन्न हुनेछन् ।

अन्तमा, ग्रीन विकास, सामाजिक उत्तरदायित्व र आपतकालीन अवस्थाहरूमा द्रूत प्रतिक्रिया लगायत स्थिरता-सञ्चालित शक्तिहरूले मानिसहरूको जीवनमा गहिरो परिवर्तन ल्याउनेछन् । कनेक्टिभिटी र क्लाउड डिजिटल फ्रन्टियरको जीवनरेखा हो तर क्षेत्रको डिजिटल तयारी धेरै फरक छ । ह्वावेको ग्लोबल कनेक्टिभिटी इन्डेक्स (GCI) ले भारत, इन्डोनेसिया र फिलिपिन्स क्रमशः ६३, ५८ र ५९ श्रेणीमा छ भने सिङ्गापुर २ श्रेणीमा देखाउँदछ । सिङ्गापुर र थाइल्याण्डसँग तुलना गर्दा फिलिपिन्स र इन्डोनेसियाको फिक्स्ड ब्रोडब्यान्ड गति सबैभन्दा कम रहेको छ । अझ व्यापक रूपमा यस क्षेत्रमा क्लाउड पेनेट्रेशन २० प्रतिशतभन्दा कम छ, ४जी मोबाइल कभरेज आधा भन्दा माथि छ र एफबीबी घरपरिवारको एक तिहाइ मात्र पुग्छ ।

हाम्रो टेक४अल पहल अन्तर्गत, उदाहरणका लागि, ह्वावेको रुरलस्टार कार्यक्रम २०१७ देखि अविकसित क्षेत्रहरूमा इन्टरनेट र कनेक्टिभिटी उपलब्ध गराउने उद्देश्यले आफ्नो पहिलो वर्षमा थाइल्याण्ड र इन्डोनेसिया लगायत ८ देशहरूमा १२ अपरेटरहरूसँग सफलतापूर्वक सहकार्य गरेको छ ।

थाइल्याण्डको चियाङ माईको दुर्गम पहाडहरूमा, उदाहरणका लागि, ह्वावेको एयरपोन सोलुसनले “एयर नेटवर्क उपकरण रुम” सिर्जना गर्दै विद्यमान पोल र फाइबर स्रोतहरू पुनः प्रयोग गर्दछ जसले १० हजार भन्दा बढी गाउँहरूमा कनेक्टिभिटी प्रदान गरेको छ । थप ग्रीन र दिगो डिजिटल संसार सिर्जना गर्ने प्रयासको एक अंशको रूपमा ह्वावेले दिगो ग्रीन सोलुसन, क्लिन एनर्जी पावर उत्पादन, विद्युतीय यातायात र स्मार्ट ऊर्जा स्टोरेजमा लगानी बढाउने छ जसले गर्दा एसिया प्यासिफिक क्षेत्रको कार्बन उत्सर्जन कटौती, रिन्युएबल एनर्जी प्रवर्द्धन, सर्कुलर इकोनोमीमा योगदान गर्ने लक्ष्यहरूलाई समर्थन गर्दछ ।

लाइटिङ अप एसिया प्यासिफिक

विश्वको सबैभन्दा धेरै जनसंख्या तथा विविध क्षेत्रहरु भएको मध्ये एक भएको हुँदा, एसिया प्यासिफिक विश्वव्यापी डिजिटल परिदृश्यको अग्रपंक्तिमा रहेको शीर्ष इकोनोमी समूह रूपमा सेट गरिएको छ । हामी यस क्षेत्रमा डिजिटल इकोनोमीको बृद्धि र डिजिटल रूपान्तरणका लागि प्रशस्त अवसरहरू देखिरहेका छौं, हामीले यस क्षेत्रका धेरै देशहरूले आफ्नो राष्ट्रिय डिजिटलीकरण रणनीतिहरू जारी गरेको पनि देखिरहेका छौं । उदाहरणका लागि, सिंगापुरले आफ्नो स्मार्ट नेसन २०२५ को ब्लुप्रीन्ट जारी गरेको छ । इन्डोनेसिया र मलेसियाले डिजिटलमा जान रणनीतिहरू जारी गरेको छ, बंगलादेशले डिजिटल बंगलादेश नामक रणनीति जारी गरेको छ र थाइल्याण्डले आसियानमा डिजिटल हब बन्ने आफ्नो भिजन व्यक्त गरेको छ ।

यस महान यात्रामा हामी प्रमुख योगदानकर्ताको रूपमा यस क्षेत्रको डिजिटल भिजनलाई समर्थन गर्न प्रतिबद्ध छौं । यस लक्ष्यतर्फ लाग्न हामी तीन मुख्य क्षेत्रहरूमा ध्यान केन्द्रित गर्नेछौंः कनेक्टिभिटी र इन्टेलिजेन्स, लो-कार्बन विकास र डिजिटल समावेशी पहलहरू । डिजिटल कनेक्टिभिटी लगायत ४जी, ५जी, फाइबर र आईओटी डिजिटल इकोनोमीको सफलताको आधारभूत रहेको छ र डिजिटल ग्राहकहरूको माग र उल्लेखनीय रूपमा बढ्दै गएको डिजिटल सेवाहरूमा कोभिड-१९ ले थप गति दिएको छ । ह्वावेले उत्पादन र सोलुसनमा मात्र नभई आधारभूत सिद्धान्त अनुसन्धान र औद्योगिक डिजाइनमा पनि यस क्षेत्रमा निश्चित रूपमा अग्रणी भूमिका खेल्दछ ।

क्लाउड कम्प्युटिङ र इन्टेलिजेन्स एक इन्टेलिजेन्ट एसिया प्यासिफिकको लागि क्लाउड पूर्वाधार हो जसमा डाटा सेन्टर, क्लाउड सेवा र डाटा मनीटाइजेसनलाई समर्थन गर्न र उद्योगको डिजिटलाइजेसनलाई बढावा दिन एआई सक्षमता समावेश छ । गार्टनरको पछिल्लो रिपोर्ट अनुसार ह्वावे क्लाउड विश्वव्यापी आईआस बजारमा २२० प्रतिशत भन्दा बढीको वृद्धि दरको साथ सबैभन्दा छिटो अघी बढिरहेको क्लाउड थियो । हामी हाल ग्लोबल मार्केट सेयरमा ५ औं स्थानमा छौं र एसिया प्यासिफिकमा हामी थाइल्याण्ड, हङकङ र सिंगापुरमा ७ उपलब्धता क्षेत्रहरू सञ्चालन गर्छौं र १० भन्दा बढी देशहरूमा स्थानीय सेवाका टोलीहरू छन् ।

आरएण्डीमा भारी लगानी मार्फत हाम्रो ई२ई उत्पादन र सेवाहरूको लागि समान क्षमताको कार्बन उत्सर्जनलाई ८० प्रतिशतभन्दा बढीले घटाइएको छ । ह्वावेले डिजिटल र इलेक्ट्रोनिक प्रविधिहरू संयोजन गर्दछ, जसले इनोभेटिभ डिजिटल पावर सेवाहरू विकास गर्न सकेसम्म कुशलतापूर्वक ऊर्जाको प्रयोग गर्न र आईसीटी पूर्वाधारको कार्बन फुटप्रिन्टलाई न्यूनीकरण, क्लिन एनर्जी उत्पादन, विद्युतीय यातायात र स्मार्ट एनर्जी स्टोरेजको प्रयोग गर्दछ । २०२१ को अन्त्यसम्ममा ह्वावेले विश्वव्यापी ग्राहकहरूलाई २३० मिलियन टन कार्बन उत्सर्जन घटाउन मद्दत गर्नेछ र सिंगापुरमा हामीले सनसेप समूहलाई उद्योग-अग्रणी सोलार इन्भर्टरहरूद्वारा विश्वको सबैभन्दा ठूलो अफशोर फ्लोटिंग फार्महरू निर्माण गर्न सहयोग गर्‍यौं जसले एसिया प्यासिफिकमा क्लिन एनर्जी परिदृश्यमा योगदान पुर्‍याउँछ ।

अन्तमा, हामी इन्क्लुसिफ एसिया प्यासिफिकको लागि डिजिटल इनोभेसनलाई निरन्तरता दिनेछौं र कसैलाई पनि पछाडि छोड्ने छैनौं । हाम्रो भिजनमा डिजिटल संसार प्रविधिको बारेमा मात्र नभई यो मानिस र मानवताको बारेमा हो । आगामी ३ वर्षमा ह्वावेले एसिया प्यासिफिकमा स्टार्टअप इकोसिस्टम निर्माण गर्न १०० मिलियन अमेरिकी डलर लगानी गर्नेछ र आगामी ५ वर्षमा ५ लाख डिजिटल प्रतिभा विकास गर्न ५ करोड अमेरिकी डलर लगानी गर्नेछ । मलेसियामा हामीले हाम्रो टेक४अल पहलको लन्च गर्यौं जसले डिजिटल डिभाइडलाई कम गर्न र ह्वावे आइडियाहब स्मार्ट स्क्रिनको साथले हामीले दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई डिजिटल अन्तरक्रियात्मक शिक्षा केन्द्रहरूसँग जोडेका छौं ।

ह्वावेको आउटलुक

ह्वावेको क्यारियर व्यवसायले ५जी नेटवर्क पूर्वाधार निर्माणबाट लाभ उठाउन जारी राखेको छ र १३ विदेशी देशहरू तेस्रो-पार्टी परीक्षणहरूमा ह्वावेको ५जी नेटवर्कको उत्कृष्ट अनुभवसंगै बलियो रहिरहेको छ । विदेशमा हाम्रा अपरेटरहरू र साझेदारहरूसँग हामीले उद्योग व्यावसायीकरणका लागि धेरै अनुप्रयोगहरू सहित ३ हजार ५जी एप्लिकेसनहरू प्रवर्द्धन गरेका छौं ।

२०११ मा स्थापित हाम्रो इन्टरप्राइज व्यवसायले अपेक्षाहरू पार गरिसकेको छ र आधा भन्दा बढी शीर्ष फर्च्यून ग्लोबल ५०० कम्पनीहरू र ३० हजार भन्दा बढी साझेदारहरू समावेश गर्दछ, जसले शिक्षा, सरकार, वित्त, ऊर्जा, यातायात र थप लगायतका विभिन्न उद्योगहरूलाई परिवर्तन गर्न मद्दत गर्दछ ।

स्मार्ट वेर उपकरणहरूको संचयी ढुवानी अब विश्वव्यापी १०० मिलियन नाघेको छ, जसले हाम्रो उपभोक्ता व्यवसायलाई चलाइरहेको छ र हामीले प्रिमियम स्मार्टफोन र ट्याब्लेटहरू, स्मार्ट स्क्रिन, अडियो, प्रिन्ट, ल्यापटप, डेस्कटप र थप कुराहरू समावेश गर्ने नयाँ उपकरणहरूसँग हाम्रो फुटप्रिन्ट विस्तार गर्न जारी राख्छौं । हाम्रो हार्मनी अपरेटिङ सिस्टमले विश्वव्यापी रूपमा २२० मिलियन प्रयोगकर्ताहरू पार गरिसकेको छ र एसिया प्यासिफिकले हाम्रो उपभोक्ता एचएमएस इकोसिस्टमको द्रूत विकासको साथ नेतृत्व गरिरहेको छ ।

हाम्रो क्लाउड र डिजिटल इनर्जी व्यवसायहरूले ८ मिलियन भन्दा बढी ह्वावे क्लाउड विकासकर्ताहरूको समुदाय र विश्वभरका १०० भन्दा बढी देशहरूमा तैनाथ गरिएका ग्रीन साइटहरूको कारणले आंशिक रूपमा दोहोरो अंकको वृद्धि हासिल गरेको छ । पक्कै पनि राजनीतिक वातावरणले ह्वावेको हामीले चाहेजस्तो व्यापार गर्ने क्षमतालाई असर गरेको छ । प्रतिकूलताको सामना गर्दा पनि हामीले इतिहासमा उच्चतम नेट प्रोफिट हासिल गरेका छौं, पर्याप्त नेट क्यास होल्ड गरेका छौं र कम्पनीको स्वस्थ वित्तीय स्थिति कायम राखेका छौं ।

अगाडि बढ्दै जाँदा ह्वावेले यो नयाँ वातावरणमा संगठनात्मक संरचनाको साथ अनुकूलन गर्नेछ र हाम्रो सञ्चालन क्षमता र संगठनात्मक दक्षतालाई निरन्तर सुधार गर्नेछ । ठूलो प्लेटफर्मको फाइदालाई कायम राख्दै हामीले औद्योगिक सहायकहरूको पायलट अपरेसन मार्फत व्यवस्थापन चेनलाई छोटो बनाएका छौं जसले ग्राहकको आवश्यकतालाई छिटो प्रतिक्रिया दिन सक्दछ । ह्वावेसँग हाम्रा ग्राहकहरूलाई इनोभेटिभ बिजनेस-अलाइन्ड, दिगो सोलुसनहरू प्रदान गर्न जारी राख्ने क्षमता र आत्मविश्वास दुवै छ ।

ह्वावेको व्यापार रणनीति स्पष्ट छ, कनेक्टिभिटी र कम्प्युटिङमा ध्यान केन्द्रित गर्ने र डिजिटल ऊर्जा र क्लाउड समावेश गर्ने नयाँ व्यवसायहरू विकास गर्ने हो । अझ महत्त्वपूर्ण कुरा, हामी हाम्रा ३ हजार भन्दा बढी ५जी टु बी परियोजनाहरूलाई स्मार्ट माइनिङ, स्मार्ट निर्माण र स्मार्ट पोर्टहरूका लागि मार्गनिर्देशन र सोलुसनहरू प्रदान गर्न, अपरेटरहरूलाई ५जी टु बी सेवाहरू अझ सफलतापूर्वक सुरु गर्न मद्दत गरेर उद्योग रूपान्तरणलाई समर्थन गर्ने छौं ।

हामी इनोभेसन ड्राइभ गर्न, शीर्ष र उत्कृष्ट विश्वव्यापी प्रतिभाहरूलाई आकर्षित गर्न र सयौं अपरेटर, लाखौं व्यवसाय र अरबौं उपभोक्ताहरूको निरन्तर अपरेशनलाई समर्थन गर्न प्रतिबद्ध छौं ।

हामी इनोभेसन, ओपन्नेस, कोल्याबोरेसन र सेर्ड सक्सेसको लागि हाम्रो प्रतिबद्धताद्वारा निर्देशित हुन जारी राख्छौं । भारी दबाबमा पनि हामी आर एण्ड डीमा हाम्रो विश्व-अग्रणी बलियो लगानीको लाभ उठाउँछौं र मापदण्ड, प्रतिभा र सप्लाई चेन समावेश गर्ने हाम्रो विश्वव्यापीकरण रणनीतिको कार्यान्वयनलाई अगाडि बढाउँछौं । यस मार्फत हामीले ग्राहकहरूको लागि भ्यालु सिर्जना गर्ने, सेर्ड सक्सेसको लागि साझेदारहरूसँग सहकार्य गर्ने र समग्र रूपमा समाजमा योगदान गर्ने हाम्रो क्षमता कायम राख्छौं । सँगै काम गरेर मात्र हामी पूर्वाधार, सेवा र विश्वास निर्माण गर्न सक्छौं जसले हामीलाई इन्छेलिजेन्ट संसारमा बल दिन्छ ।

साइमन लिन ह्वावे एसिया प्यासिफिकका अध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?