+
+

जहाँ किन्न पाइन्छ १ सय ३६ रुपैयाँमा सिङ्गै घर !

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २२ गते १३:५७

२२ चैत, काठमाडौं । कोरोना महामारीका कारण विश्वका विभिन्न देशमा मानिसहरुको पेशा व्यवसायमा ठूलो असर पर्‍यो ।

लाखौँ करोडौँ मानिसहरुले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपर्यो । संसारका कतिपय देशमा घरजग्गा व्यवसायमा ठूलो गिरावट आयो र भाउ निकै खस्कियो । तर कोरोना मथ्थर भएसँगै व्यवसाय पुनः मुर्झाएको छ ।

उता कतिपय पश्चिमा देशमा चाहीँ पूराना घरहरु बेच्नका लागि स्थानीय प्रशासनले केही शर्तहरुका साथ एक डलर वा एक युरोको स्कीम ल्याएका छन्। बेलायमा बस्ने एक जना अष्ट्रेलियाली नागरिकले इटालीको सिसिलीस्थित मुसोमेलीमा केवल १ युरो अर्थात् करीब १ सय ३६ रुपैयाँमा एउटा घर किनेका छन् ।

उक्त ठाउँमा १ युरोमा घर खरीद गर्नका लागि मानिसहरुले तछाडमछाड गरे । यद्यपि १ युरोमा घर किनेका ती व्यक्तिले अब त्यो घर छाड्नुपर्ने भएको छ । किनकी शर्त अनुसार उनले ३ वर्षभित्रमा उक्त पूरानो घरलाई जिर्णोद्धार गर्नुपर्नेमा गरेका छैनन् । आफ्नो घर जिर्णोद्धार गर्नका लागि कामदार नपाएको गुनासो उनको छ ।

डेनी म्याक्कुबिन नामक ती व्यक्तिले सिसिलीको केल्टानिसेटा प्रान्मा रहेको मुसोमेलीमा एक युरोमा एउटा पूरानो घर किनेका थिए । मुसोमेली सहरको स्थापना १४ औँ शताब्दीमा म्यानफ्रेडो तृतीय चियारामोन्टेले म्यानफ्रेडीको नाममा गरेका थिए ।

पछिल्लो समयमा खाली बन्दै गएको यो सहरमा विदेशीहरुलाई बसाल्नका लागि स्थानीय प्रशासनले १ युरोमा घर दिने परियोजनाको सुरुवात गरेको थियो । सोही परियोजना अन्तरगत नै म्याक्कुबिनले घर किनेका थिए ।

इटालीमा घरमालिक बन्नु अगाडि उनी १७ वर्षसम्म बेलायमा बसे । घर खरीद गरेको एक वर्षपछि उनले जिर्णोद्धार गर्नका लागि कामदारको खोजी गरे तर कामदार फेला परेनन् ।

वास्तवमा पछिल्ला केही महिनादेखि इटालीमा पूरै देशभरि नै श्रमिक अभाव छ । अन्ततः सरकारी शर्त अनुसार जिर्णोद्धार गर्न नसकेपछि उनले १ युरोमा किनेको घर छाड्नुपर्ने भएको हो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?