+
+

बाँकेमा १०१ मतदानस्थल अति संवेदनशील

रासस रासस
२०७८ चैत २२ गते १८:११

२२ चैत, नेपालगञ्ज । बाँकेका विभिन्न ६ स्थानीय तहमा रहेका १०१ मतदानस्थल अति संवेदनशीलका रुपमा रहेका छन् ।

जिल्लामा रहेका १३६ मतदानस्थलमध्ये ३५ मतदानस्थल संवेदनशील मतदानस्थलको रुपमा रहेको जिल्ला निर्वाचन कार्यालय, बाँकेले जनाएको छ ।

‘वादविवाद हुने, झैभगडा हुने वा बुथ क्याप्चरको सम्भावना रहेकालाई संवेदनशील मतदानस्थलको रुपमा लिएका छौँ’ प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने । उनले संवेदनशील र अति संवेदनशील क्षेत्रलाई वर्गीकरण गरेर सुरक्षा व्यवस्था सुदृढ गरिने जानकारी दिँदै मतदानस्थललाई आन्तरिकरुपमा व्यवस्थापन गरिने बताए ।

यसैबीच स्थानीय तह निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले विभिन्न स्थानीय तहका मतदानस्थलको अनुगमन सुरु गरेको छ । कोहलपुर नगरपालिकाका १४ तथा खजुरा गाउँपालिकाका आठ मतदानस्थलको अनुगमन गरिएको प्रजिअ खत्रीले जानकारी दिए । उनले मतदानस्थल केहीमा पर्खाल नभएको, चर्किएको र केहीलाई मर्मतसम्हार गरेर प्रयोगमा ल्याइने उल्लेख गरे ।

विसं २०७४ को स्थानीय निर्वाचनमा जिल्लामा दुई लाख ४६ हजार १०३ मतदाता रहेकोमा यस वर्ष कूल तीन लाख २९ हजार ४७३ मतदाता छन् । जिल्लामा मतदान केन्द्र ३७९ छन् । मतदाता सङ्ख्या बढेकाले ५२ मतदान केन्द्र थपिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी युवराज पन्तले जानकारी दिए ।

आगलागीबाट पीडित परिवारलाई राहत

बाँकेको नरैनापुर गाउँपालिकामा भएको आगलागीबाट पीडित परिवारलाई आज राहत उपलब्ध गराइएको छ । प्रजिअ खत्रीले विपद् व्यवस्थापन कोषबाट प्रतिपरिवार रु १५ हजार र ब्ल्याङ्केट वितरण गरिएको जानकारी दिए । उनले नेपाल रेडक्रस सोसाइटीले एक सेट भाडा र गाउँपालिकाले खाद्यान्न वितरण गरेको बताए । सोमबार अपराह्न आगलागी हुँदा १६ घरगोठ जलेर नष्ट भएका थिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?