+
+

सगरमाथा चढ्न १६ समूहका १३८ जनाले लिए अनुमति, अन्य हिमालमा कति ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २२ गते १८:३८
फाइल तस्वीर

२२ चैत, काठमाडौं । सगरमाथा आरोहणका लागि यो सिजनमा १६ समूहका १३८ जनाले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार मंगलबारसम्म ३३ महिला र १०५ जना पुरुष गरी १३८ जनाले सगरमाथाका लागि अनुमति लिएका हुन् । यी आरोही विभिन्न १६ वटा समूहमा सगरमाथामा जाने भएका छन् ।

विभागका अनुसार यी आरोहीबाट मात्र सरकारले १७ करोड १९ लाख ६४ हजार ८५० रुपैयाँ रोयल्टी संकलन गरेको छ ।

यो सिजनमा अहिलेसम्म सगरमाथापछि अमादब्लम हिमालका लागि बढी आरोहीले अनुमति लिएका छन् । तथ्यांक अनुसार मंगलबारसम्म सो हिमालका लागि ३९ जनाले अनुमति लिएका छन् । जसमा ७ जना महिला छन् ।

कुल १५ हिमालमा आरोहण अनुमति

तथ्यांक अनुसार मंगलबारसम्म कुल १५ वटा हिमालका लागि आरोहण अनुमति जारी भइसकेको छ । यसमा ६ हजार मिटर भन्दा अग्ला हिमालहरु रहेका छन् ।

विभागका अनुसार ल्होत्सेका लागि ३३, अन्नपूर्ण प्रथमका लागि २६, नुप्त्सेका लागि २३, द्यौ धौलागिरिका लागि २१ र मकालुका लागि १५ जनाले अनुमति लिएका छन् । ती हिमालमा कुल ३ सय ६६ जना आरोहीले अनुमति लिएका छन् । जसमा ८५ जना महिला रहेका छन् । पुरुषको संख्या २८१ रहेको छ ।

करिब २० करोड रोयल्टी संकलन

वसन्त ऋतुमा सरकारले सबैभन्दा बढी रोयल्टी संकलन गर्छ । मंगलबारसम्म आरोहण अनुमतिबाट मात्र १९ करोड ९० लाख ७० हजार ९८ रुपैयाँ रोयल्टी संकलन गरिसकेको छ ।

यसरी संकलन भएको रोयल्टी संघ, प्रदेश र स्थानीय सबै तहमा बाँडफाँट हुन्छ । अहिले आरोहीहरु आधार शिविरतर्फ लाग्ने क्रम समेत सुरु भएको छ । सामान्यतया जेठ पहिलो साताबाट हिमालमा आरोहण सुरु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?