+
+

दीपेन्द्रको निर्देशनमा ‘के घर के डेरा’ बन्ने, दयाहाङ र विपिन मुख्य भूमिकामा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २२ गते १८:३६

काठमाडौं । दीपेन्द्र के खनालको निर्देशनमा फिल्म ‘के घर के डेरा’ निर्माण हुने भएको छ । कमेडी तथा सोसल ड्रामा फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झाको मुख्य भूमिका हुनेछ ।

दुई वर्षअघि यही शीर्षकमा फिल्म निर्माणको घोषणा गरिएपनि निर्देशक र कलाकार हेरेफेर गरेर छायांकन गर्न लागिएको हो । निर्देशक खनालले कथावस्तु र नयाँ टिमसहित फिल्मलाई अघि बढाइएको जानकारी दिए ।

वैशाख तेस्रो सातादेखि सुरु हुने छायांकन चाहिं काठमाडौं उपत्यकाभित्रै हुनेछ । निर्देशक खनालले ‘झोले’पछि दयाहाङ, ‘पशुपति प्रसाद’पछि विपिन र ‘चंगा चेट’पछि रविन्द्रसँग सहकार्य गर्न लागेका हुन् । ‘म उहाँहरुसँग पुनः काम गर्न पाउँदा निकै उत्साहित छु,’ उनले भने ।

प्रेसमिटमा निर्देशक खनालले भने, ‘घर भएका र घर नभएका दुवै वर्गको कथामा हास्य ढंगले फिल्म बन्नेछ ।’ अभिनेता राईले धेरै समयपछि आफ्नो फिल्म काठमाडौंमै छायांकन हुन लागेको जानकारी दिंदै मनोवैज्ञानिक रुपमा आफ्नो चरित्र नयाँ भएको बताए ।

अभिनेता कार्कीले निर्देशक खनाल र को-स्टारसँग सहकार्य हुनुले फिल्मको गुणस्तर राम्रो हुने बताए । शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माता रहेको फिल्ममा युवराज कार्की कार्यकारी निर्माता हुन् ।

सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद, दीर्घ गुरुङको छायांकन रहेको फिल्मलाई आगामी वर्ष नै प्रदर्शनमा ल्याउने तयारी रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?