+
+

ट्वीटरको निर्देशक बन्दै एलन मस्क

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २३ गते ९:५२

काठमाडौं । सोसल मिडिया कम्पनी ट्वीटरको करीब ३ अर्ब डलरको शेयर खरीद गरेर सबैभन्दा ठूलो शेयरधनी बनेका विश्वका नम्बर वान अर्बपति एलन मस्क ट्वीटरको निर्देशक बोर्डमा मनोनित हुने भएका छन् ।

ट्वीटरको ९.२ प्रतिशत शेयर खरीद गरेका टेस्ला कम्पनीका प्रमुख एलन मस्कलाई ट्वीटरको बोर्डमा मनोनित गरिने कम्पनीले मंगलबार जनाएको छ ।

उक्त मनोनयनसँगै ट्वीटर कम्पनीमाथि कब्जा जमाउने एलन मस्कको प्रयास तत्कालका लागि रोकिने बताइएको छ । कतिपय विश्लेषकहरुले खर्बपति मस्कले ट्वीटर कम्पनी नै खरीद गर्ने योजना बनाइरहेको अनुमान गरेका थिए ।

ट्वीटरको निर्देशक बोर्डको सदस्य बनेसँगै अब मस्कले कम्पनीको १४.९ प्रतिशत भन्दा धेरै साधारण शेयर शेयर खरीद गर्न पाउने छैनन् ।

ट्वीटरका सिइओ पराग अग्रवालले मस्कको मनोनयनका बारेमा ट्वीट गर्दै भनेका छन्– एलन मस्कलाई हाम्रो बोर्डमा मनोनयन गर्न गैरहेको कुरा बताउन पाउँदा हामी उत्साहित छौं । उनी धैर्यवान विश्वासकर्ता र प्रदत्त सेवाका विषयमा कठोर आलोचक पनि हुुन् जसको हामीलाई ट्वीटरमा खाँचो छ । यसले हामीलाई दीर्घकालमा झनै बलियो बनाउनेछ ।

पराग अग्रवालको ट्वीटको जवाफमा एलन मस्कले पनि ट्वीट गरेका छन् । जसमा उनले लेखेका छन्– आगामी महिनाहरुमा ट्वीटरमा उल्लेख्य सुधार गर्नका लागि पराग र ट्वीटर बोर्डमा सँगै रहेर काम गर्ने प्रतिक्षामा छु ।

आफूलाई वाक स्वतन्त्रताका हिमायती भन्ने एलन मस्क सोसल मिडिया प्लाटफर्महरु र यसका नीतिहरुका आलोचक हुन् । हालै उनले ट्वीटरले वाक स्वतन्त्रताको सिद्धान्तको पालना गरे/नगरेको विषयमा ट्वीटरमा मत सर्भेक्षण गरेका थिए ।

ट्वीटरको ७ करोड ३५ लाख कित्ता शेयर किनेर सबैभन्दा ठूलो शेयरहोल्डर बनेसँगै सोमबार उनले ट्वीटरमा एक अर्को मतसर्भेक्षण राखे । जसमा उनले ट्वीटरमा बहुप्रतिक्षित Edit बटन राख्नु आवश्यक रहे/नरहेको भनी प्रश्न गरेका थिए ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?