
काठमाडौं । नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार रचना पत्रिकाका सम्पादक रोचक घिमिरेलाई प्रदान गरिएको छ । साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको नाममा स्थापित कोषले साहित्यिक पत्रकारिताको क्षेत्रमा योगदान पुर्याउने पत्रकारलाई यसै वर्षदेखि प्रदान गर्न सुरु गरेको हो ।
घिमिरेलाई मंगलबार काठमाडौंमा एक समारोहको आयोजना गरी पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ ।
पुरस्कार ग्रहण गरेपछि घिमिरेले आफूले प्राप्त गरेको पुरस्कारको रकममा आफ्नो तर्फबाट पाँच हजार थप गरी ३० हजार रूपैयाँ अक्षय कोषका लागि हस्तान्तरण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4