
२३ चैत, झापा। प्रहरीले १४ ग्राम लागूऔषध ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विर्तामोड नगरपालिका-७ सुकुमबासी टोल बस्ने ५४ वर्षीय अमृत खड्का रहेका छन् ।
खड्कालाई मंगलबार दिउँसो मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुल अगाडिबाट ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4