+
+

थप ३२५ मेगावाट बिजुली भारतमा बेच्न नेपालले पायो अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २३ गते १४:३०
फाइल तस्वीर

२३ चैत, काठमाडौं । भारतले थप ३२५ मेगावाट बिजुलीलाई आफ्नो प्रतिस्पर्धी बजारमा बेच्न नेपाललाई अनुमति दिएको छ ।

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गरेर थप ३२५ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको जानकारी दिएकी हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण लगत्तै त्यहाँको ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिरकण अन्तर्गतका थप ३  र निजी क्षेत्रले बनाएको एउटा आयोजनाको बिजुलीलाई त्यहाँको ‘डे अहेड’ मार्कोटमा प्रवेशको अनुमति दिएको हो ।

१४४ मेगावाटको काली गण्डकी ए जलविद्युत् आयोजनाको १४० मेगावाट, ६९ मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनाको ६७ मेगावाट, ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको ६८ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको मन्त्रालय स्रोतले जानकारी दियो ।

त्यसैगरी ग्रिनभेञ्चर हाइड्रोले बनाएको ५२ मेगावाटको लिखु जलविद्युत आयोजनाको ५० मेगावाट बिजुलीलाई भारतले बेच्ने अनुमति दिएको स्रोतको भनाइ छ । यसअघि नै भारतले १५ मेगावाटको देवीघाट र २५ मेगावाटको त्रिशुली जलविद्युत् आयोजनाको बिजुलीलाई बेच्न अनुमति दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?