+
+

धनुषामा गहुँ खेतमा भेटियो युवकको शव

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २३ गते १६:१८

२३ चैत, जनकपुरधाम । धनुषामा एक युवकको हत्या गरिएको अवस्थामा शव भेटिएको छ ।

जिल्लाको हंसपुर नगरपालिका ७ बस्ने १८ वर्षीय विजय महराको शव हत्या गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

महराको शव सोही नगरपालिकाको वडा- ६ स्थित गहुँ खेतमा भेटिएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार महराको बायाँ आँखाको माथि निधारमा गोली प्रहार भएको देखिएको छ । यस्तै पछाडि ढाडमा दुई पटक चक्कुले प्रहार गरेको देखिएको उनले बताए ।

‘महराको हत्या नै भएको देखिन्छ’ डीएसपी बस्नेतले भने, ‘मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लैजाने तयारी गरेका छौं ।’

उनका अनुसार शव भेटिएको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?