+
+

पर्सा र बाराको दुर्घटनामा दुई बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २३ गते १७:५५

२३ चैत, वीरगञ्ज । पर्सा र बारामा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

पर्साको सखुवा प्रसौनी गाउँपालिकामा विष्णु महायज्ञका लागि निकालिएको कलश यात्रामा प्रयोग गरिएको ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । सखुवाप्रसौनी गाउँपालिका–२ गुल्बरियाका धनीलाल यादवका छोरा ५ वर्षीय रितेश कुमार यादवको मृत्यु भएको हो ।

प्रदेश नं २– ०३–००१ त ४०९४ नम्बरको ट्याक्टरको टेलरबाट दिउँसो सवा १२ बजे खसेका उनलाई दाहिने तर्फको चक्काले किचेर घाइते बनाएको थियो । घाइते अवस्थामा उद्दार गरी उनलाई उपचारका लागि वीरगञ्ज हेल्थ केयर अस्पतालमा पठाइएको थियो ।

अस्पतालमा चिकित्सकले बालकको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कर्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए । ट्याक्टर चालक स्थानीय १८ वर्षीय प्रदीप कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालकको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

त्यसैगरी बाराको निजगढ नगरपालिका-१० लालमा स्थानीय बुद्धिलाल बम्जनको ९ वर्षीय छोरा विपास बम्जनको पनि ट्याक्टरले किचेर मृत्यु भएको हो । बुधबार बिहान ८ बजे ट्याक्टरमा चढ्ने क्रममा रोटाभेटरले किचिन गई घटनास्थलमै बम्जनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्र.२–०३–००१ त १३१३ नम्बरको ट्याक्टर स्थानीय सूर्य बम्जनको खेत जोत्न प्रयोग गरिएको थियो । घटनापछि ट्याक्टर चालक फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?