+
+
बैंकिङ शिक्षा २० :

‘वित्तीय साक्षरता भनेको बैंकमा खाता खोल्नुमात्रै होइन’

रोयल आचार्य रोयल आचार्य
२०७८ चैत २४ गते १८:०९

वित्तीय साक्षरतालाई सामान्यतया बचत, लगानी र कर्जा लगायत विभिन्न पद्धतिका विषयमा जानकारी दिने शिक्षाको प्रकारको रुपमा बुझिन्छ । पछिल्लो समय वित्तीय साक्षरता बढाउनका लागि नेपाल राष्ट्र बैंकले अभियानकै रुपमा कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

यसलाई बैंक तथा वित्तीय संस्थाहरुले पनि साथ दिइरहेका छन् । राष्ट्र बैंकको तथ्यांक अनुसार अझै पनि ३० प्रतिशत भन्दा धेरै नागरिक बैंकिङ पहुँचमा जोडिएका छैनन् । प्रस्तुत छ, वित्तीय साक्षरताका विषमा माछापुच्छ्रे बैंककी दायित्व र बाह्य मामिला विभागकी उपप्रमुख प्रतिमा पाण्डेसँग गरिएको कुराकानीको सम्पादित अंशः

तपाईंको अनुभवमा नेपालमा वित्तीय साक्षरताको महत्व कतिको देख्नुहुन्छ ?

वित्तीय साक्षरताको महत्वबारे मेरो बिचार अलि फरक छ । हामी वित्तीय साक्षरता भन्छौ, त्यसमा दुईवटा पाटो रहेको छ । हामीले साक्षरताको भिन्नता स्पष्टसँग छुट्टाउन सकिरहेको छैन जस्तो लाग्छ । बैंकमा खाता भएपछि वित्तीय साक्षरता छ भन्ने कुरामा हामीले बढी ध्यान दिएको जस्तो लाग्छ । तर वित्तीय साक्षरता भन्ने अर्थ धेरै वृहत छ ।

सानो उमेरदेखि नै, वचत गराउने, भएको पैसाको सदुपयोग गर्ने, अनावश्यक क्षेत्रमा लगानीकम गर्ने, कर्जा लिंदा कर्जाको उपयोगिताको बारेमा सिकाउने, ऋण नतिर्दाको असर, त्यसको बारेमा ज्ञान दिने, रेमिट्यान्स सही तवरले भित्र्याउने, हुन्डी भनेको गलत हो भनेर सिकाउने लगायत कुराहरु वित्तीय साक्षरता भित्र नै पर्छ जस्तो लाग्छ । हाल हामी सानो तहमा छौं । त्यसका लागि धेरै मेहनत गर्नुपर्छ जस्तो लाग्छ । यसमा बैंकिङ क्षेत्रमा नभएर सबै क्षेत्र उत्तिकै लागिसकेपछि मात्र राम्रो नतिजा आउँछ जस्तो लाग्छ ।

विभिन्न क्षेत्रमा गएर तपाईंहरुले वित्तीय साक्षरतासम्बन्धी काम पनि गरिसक्नु भएको छ । त्यस दौरानमा के पाउनु भयो ?

हामीले विद्यार्थीहरुलाई सहभागी गराएर सो कार्यक्रम संञ्चालन गरेका छौं । यो सिक्ने उमेर पनि हो । यो उमेरमा उनीहरुले जानेनन् भने भोलि अप्ठ्यारो पर्न सक्छ । वित्तीय साक्षरतालाई आज यो ठाउँमा ल्याउनलाई हामीले धेरै मेहनत गर्नुपर्‍र्यो, अब आउने पिढीलाई त्यस्तो नहोस् भनेर नै विद्यार्थीलाई बढी फोकस गरेका हांै ।

अहिलेका विद्यार्थीहरुले ८ कक्षाबाट नै मोबाइल बोक्ने गर्दछन् । त्यसैले डिजिटल प्लेटर्फमको सही सदुपयोग कसरी गर्न सकिन्छ भनेर उनीहरुलाई सिकाउन पनि सहज हुने देख्यौं । सानै उमेरदेखि यो विषयमा जागरुक गराउन सकियो भने भोलिका दिनमा आउन सक्ने आर्थिक क्षति कम गर्न सकिने देखेर नै हामीले यसैमा बढी ध्यान दिइरहेका छौं ।

हामीले महिला उद्यमीतिर पनि बढी ध्यान केन्द्रित गर्‍र्यौं । सामान्यतया सबै महिलाहरु बढी मेहनती हुन्छन् । कृषिमा महिलाहरु नै बढी सक्रिय हुन्छन् र उनीहरुकै बढी हात हुन्छ । तर उत्पादित वस्तुहरु बिक्री गर्न र बजार पहिचान गर्ने सवालमा हिलाहरु त्यति जागरुप छैनन् । पटुकोमा पैसा राख्नुहुन्छ, त्यो पटुकोको पैसा कहाँ जान्छ त्यो उहाँहरुलाई नै थाहा हुन्न, किनभने खर्च हुन्छ नि त, वचतको बानीले भोलिका दिनमा छोरा-छोरीको उज्वल भविष्य बनाउन त्यो पैसाले पनि ठूलो भूमिका खेल्छ । त्यसैले गर्दा पनि हामी त्यता तिर बढी केन्द्रित छौं ।

भएको पैसा बचत गर्नुपर्छ अर्थात वित्तीय ज्ञान आवश्यक रहेछ भन्ने कुरा कुन वर्गमा बढी पाउनु भयो ?

उदाहरणका लागि हामीले घरबाट नै हेरौं न । दशैं वा अन्य चाडपर्वमा हामीलाई त्यो पैसा भगवानलाई नचढाई हुँदै हुँदैन । सफा नोट बनाउनलाई हामीले घरबाट सुरु नै गर्न सक्या छैनौं । त्यस्तो कार्यमा हामी पढेलेखेका वर्ग पनि छौं नि । तर त्यो हामीले बा आमालाई भन्न सकेको छौं त ? छैनौं नि त, हामीलाई धेरै बल लगाउनु पर्ने हुन्छ नि त, बच्चाहरुलाई सानैदेखि सिकायौं भने उसले सानैबाट सिक्छ नि त ।

अब उनीहरुलाई के सिकाउन जरुरी छ भने तिमीहरुको यो सानो कुराले अब यो पछिल्लो समयमा कति मद्धत गर्छ हेर त । पहिला पनि बा आमाले खुत्रुकेमा पैसा हाल त, चकलेट न खा भनेर सिकाउनु हुन्थ्यो नि त, अब त्यही भनाइ अब बूढापाकालाई धेरै परिवर्तन गर्न नसकिएला तर विद्यार्थी वर्गमा गरियो भने अबको भविष्य उनीहरुको हातमा रहेको छ नि त ।

प्रभावकारी वित्तीय साक्षरता दिन कुन माध्यम उपयुक्त हुन सक्छ ? जस्तै पढाएर हुन सक्छ कि, पाठ्यक्रममा समावेश गरेर हुन सक्छ कि, कसरी गर्न सकिन्छ त ?

यसका लागि पहिलो आधार भनेको घर हो । घरबाट बुवा आमाले पनि सिकाउनु पर्यो । शिक्षकहरुले पनि स्कुलमा सिकाउनु पर्यो । हामीले पनि सिकाउनु पर्या । उदाहरणका लागि मैले कारोबार गरिन भने मैले छोरा-छोरीलाई के सिकाउँछु त । म आफैं सिकाउँदिन होइन त ? मसँग दुई चार सय पैसा भयो भने पो मैले मोबाइल किन्छु, टिभी, फ्रिज किन्छु वासिङमेसिन किन्छु, जुन मेरो आवश्यकता पनि छैन । मेरो घरमा छ तर मलाई नयाँ चाहियो भने मेरो बच्चा-बच्चीले के सिक्छन् त ? उसले बचत गर्न नै सिक्दैन ।

बूढापाकालाई हेर्दा के बुझ्न सकिन्छ भने नागरिक लगानी कोष अहिले त निकै चर्चाको बिषय हो नि त, उहाँहरुलाई के छ भने बैंकिङमा पैसा गयो मैले निकालिन भने बैंकले पैसा लगेर जान्छ भन्ने भएको छ । उहाँहरुलाई पटुकामा पैसा नराखि चित्तै बुझ्दैन । हामीले जति गरेपनि उहाँहरुलाई नहुने रहेछ ।

त्यसैले बच्चा बच्चीलाई सिकाउनु पर्यो नि त । नारीको साथै पढेलेखेको मान्छेहरुलाई अलिकता बढी जानकार बनाउन सकियो । म आफैंले पनि त्यसको सुरुवात गर्न सकियो भने मात्रै त्यो भविष्य परिवर्तन गर्न सकिन्छ । वित्तीय साक्षरता कै कुरा गर्न हो भने ७० प्रतिशत जानकारी भइसक्यो । तर अब त्यो जमातलाई पनि डिजिटल प्रविधिको कुराहरु सिकाउनु पर्यो, खल्तीमा पैसा नराख्न सिकाउनु पर्यो । नोटको कन्सेप्ट सिकाउनु पर्यो ।

माछापुच्छे बैंककै कुरा गर्दा, वित्तीय ज्ञानलाई प्रभावकारी बनाउन तपाईंहरुको कस्तो योजना रहेको छ ?

हामीले लगभग दुई वर्ष भयो । हामी स्कुल, कलेजहरुमा योजना बनाए जान्छौ । समूहहरुमा गएर नारीहरु जसले आफ्नै उत्पादनहरुलाई बजारीकरण गर्न चाहिरहनु भएको छ । साथै हरेक क्षेत्रमा हामी पुगेका छौं । र जो विदेश जाँदै हुनुहुन्छ भने उहाँहरुलाई पनि रेमिट्यान्स सही माध्यमबाट पठाउनु सुझाव दिन्छौं । गैर-कानुनी माध्यमबाट पठाउँदा भोलि तपाईंलाई असर पर्न सक्छ भन्नेबारे जानकारी गराउँछौं ।

साथै हामी धेरै स्कुलहरु गएर उहाँहरुलाई हामीले के चाहिं जानकारी गराउँछौ भने अब नोटको चलन छैन अब नोटको साटो अब यसलाई डिजिटल माध्यमबाट लग्नुपर्छ । अब मोबाइलबाट नै कारोबार गर्नुपर्छ भन्नुको साथै मोवाइलको सही सदुपयोग कसरी गर्ने भनेर अहिले बाट नै सिकाइ रहेका छौं ।

विद्यार्थीमा यस्तो कुराहरु लग्दा राम्रो प्रतिक्रिया पनि आयो । कतिलाई हामीले विस्तारै परिवर्तन गर्न प्रयास गर्दै छौ ।

तपाईंको विचारमा वित्तीय साक्षरता अझै पनि ३० प्रतिशतको हाराहारीमा बंैंकको पहुँच भन्दा बाहिर नै छन् । उनीहरुलाई पनि बैकको पहुँचमा ल्याउनका लागि केन्द्रीय बैंक वा अन्य बैंकहरुले के गर्नु पर्ला ?

केन्द्रीय बैंकले एउटा नीति नै बनाइसक्यो । केन्द्रिय बैंकले एकदमै कन्सेप्ट क्लियर बनाई सक्यो । उहाँहरुले धेरै कुराहरु हामीलाई भनिसक्नु भयो । यो तरिकाले तिमीहरु जाओ, यो यो काम गर भनेर एकदमै मार्ग प्रशस्त रहेको छ । अब हामीले गर्ने काम हो ।

बैंक मार्फत गर्ने काम हामीले गरिनै रहेका छौं । तर हाम्रो सोच के छ भने २४ प्रतिशतमा व्याज लिएर विदेश जाने अझै पनि हाम्रै दिमागमा त छ नि त । अब त्यस प्रकारको सोच परिवर्तन गर्नको लागि के गर्नुपर्यो भने हामीले घरबाट नै सुरुवात गर्नुपर्ने हुन्छ । जो शिक्षित छन् ।

उदाहरणका लागि मेरो हजुरआमालाई जति प्रयाग गर्दा पनि उहाँले खाता नै खोल्नु भएन तर मेरो बुवा-आमाले भने खाता खोल्नु भयो । मैले खाता खोले भोलिका दिनमा आफ्ना छोरा-छोरीले अवस्य खोल्नेछन् भनेपछि परिवर्तन हुँदै गइरहेको छ । अब बाँकी परिवर्तन हुन्छ तर कसरी हुन सक्छ भन्ने कुरा भोलिका दिनले नै बताउनेछ ।

बैंकिङ शिक्षा १ :

बैंकिङ शिक्षा २ :

बैंकिङ शिक्षा ३ :

बैंकिङ शिक्षा  ४ : 

बैंकिङ शिक्षा ५ :

बैंकिङ शिक्षा ६ :

बैंकिङ शिक्षा ७ :

बैंकिङ शिक्षा ८ :

बैंकिङ शिक्षा ९ :

बैंकिङ शिक्षा १० :

बैंकिङ शिक्षा ११ :

बैंकिङ शिक्षा १२ :

बैंकिङ शिक्षा १३ :

बैंकिङ शिक्षा १४ :

बैंकिङ शिक्षा १५ :

बैंकिङ शिक्षा १६ :

बैंकिङ शिक्षा १७ :

बैंकिङ शिक्षा १८ :

बैंकिङ शिक्षा १९ :

बैंकिङ शिक्षा २० :

 

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Joint Initiative