+
+

दराजले ल्यायो ‘नव वर्षको सेल–नयाँ रहर नयाँ अफर’ अभियान

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २४ गते १२:४९

काठमाडौं । दराजले २८ चैत (११ अप्रिल, २०२२) देखि ‘नव वर्षको सेल – नयाँ रहर नयाँ अफर’ अभियान सञ्चालन गर्ने भएको छ ।

नयाँ वर्षको अवसरमा दराजले आफ्ना ग्राहकहरुलाई आश्चर्यजनक डिल, ५ हजार रुपैयाँसम्मको भौचर, विशेष अफर, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा नयाँ Yadea S-Like स्कुटर जित्ने अवसर सार्वजनिक गरेको हो ।

यस अभियानका लागि नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र दराज बीच सम्झौता भएको छ । जसबाट नेपाल बैंकका कार्ड बाहकहरूले डेबिट प्रिपेमेन्टमा १० प्रतिशत (अधिकतम रु. १०००) र क्रेडिट कार्ड प्रिपेमेन्टमा १५ प्रतिशत (अधिकतम रु. १५००) सम्म छुट पाउन सक्नेछन् ।

त्यस्तै सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक, सेन्चुरी बैंक, ज्योति विकास बैंक, मुक्तिनाथ बैंक र सांग्रिला बैंकका कार्ड वाहकहरूले डेबिट कार्डमा १० प्रतिशत (रु. १००० सम्म) छुट र क्रेडिट कार्ड अनलाइन प्रि–पेमेन्टमा १५ प्रतिशत (रु. १५०० सम्म) छुट पाउन सक्नेछन् ।

साथै, स्ट्यान्डर्ड चार्टर्ड बैंकका डेबिट/क्रेडिट कार्ड बाहकहरूले अनलाइन प्रिपेमेन्टमा १५ प्रतिशतसम्म छुट (अधिकतम १०००) प्राप्त गर्न सक्नेछन् । यो अफर १५ अप्रिलसम्म मान्य हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?