+
+
Shares

कविता : अरुकै देशको लागि लडिरह्यो

राकेश कार्की राकेश कार्की
२०७८ चैत २४ गते १३:०९

बढ भन्दा बढिरह्यो

चढ भन्दा चढिरह्यो

एउटा नेपाली सिपाही

अरुकै देशको लागि लडिरह्यो

 

कहिले शान्ति मिसनमा

कहिले हेलिकप्टरको भिजनमा

गोला बारूद छेल्दाछेल्दै

विद्रोहीको निशानामा परिरह्यो

एउटा नेपाली सिपाही

अरुकै देशको लागि लडिरह्यो

 

ठोकभन्दा ठोकिरह्यो

घाइते बोकभन्दा बोकिरह्यो

चिसोले रुघा लाग्दा पनि

छाती थिच्दै खोकिरह्यो

एउटा नेपाली सिपाही

अरुकै देशको लागि लडिरह्यो

 

अगाडि झुण्डिएको तक्मा र मान

खन्दै छोप्दै साथीहरुको चिहान

बाँच्न पाएदेखि यो दशैँमा

परिवार भेट्न सोचिरह्यो

एउटा नेपाली सिपाही

अरुकै देशको लागि लडिरह्यो

 

लस एन्जेलस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?