+
+

एमालेका कारण नागरिकता विधेयक पारित गर्न सकेनौं : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २४ गते १५:४८

२४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको अवरोधका कारण संसदमा नागरिकतासम्बन्धी विधेयक पारित गर्न नसकेको बताएका छन् ।

बिहीबार सिरहामा आयोजित कार्यक्रममा उनले नागरिकता विधेयक संसदमा व्यापक छलफल गरेर पारित गर्नुपर्नेमा एमालेको अवरोधका कारण छलफल र पारित हुन नसकेको बताएका हुन् ।

संसद अवरोध भएपछि अध्यादेश ल्याएरै भए पनि नागरिकताको समस्या समधान गर्न खोज्दा अदालतले नागरिकतासम्न्धी अध्यादेश ल्याउन रोक लगाएको प्रचण्डले बताए ।

‘अदालतले नागरिकता दिनुपर्छ तर गम्भीर गम्भीर संवेदनशील विषय सदनमा छलफल गरेर प्रतिनिधिसभाबाट पारित गरेर समस्या गर्नुपर्छ भनेकाले अध्यादेश ल्याउन नपाइने रहेछ’ उनले भने ।

प्रचण्डले अघि भने, ‘त्यसो भए सदनमा लैजाऔं सदनबाटै पारित गरौं भन्ने प्रस्ताव राख्यौं, सदन कसले रोक्या छ त्यही एमाले र केपी ओली गुटले ।’

उनले अब भने संसद अधिवेशन सुरु भएपछि एमालेको अवरोधकै बीच पनि नागरिकता विधेयक पारित गर्ने बताए । ‘सदन अवरोध भए पनि बजेट र एमसीसी पारित गर्‍यौं, अब सदन खुल्नेवित्तिकै एमालेको अवरोध गरे पनि नागरिकता विधेयक पारित गरिन्छ’ उनले भने ।

प्रचण्डले के भने ? 

म आज तपाईंहरुको अगाडि यो भन्न चाहन्छु कि नागरिकतासम्बन्धी समस्या मधेशसमा सबभन्दा चर्को छ । नागरिकताको समस्या समाधान नहुँदा हजारौं र लाखौं मधेसी युवाहरुले थुप्रै अवसरबाट वञ्चित हुनुपर्ने बडो विडम्बनाको स्थिति छ ।

म मधेशका तमाम जनसमुदाय र पहाडमा पनि नागरिकताबट वञ्चित भएका जनसमुदायलाई प्रष्टसँग भन्न चाहन्छु । बा–आमा नागरिक हुने छोराछोरीले नागरिकता नपाउने यो भन्दा लाजमार्दाे र बिडम्बना कहिँ हुन सक्छ ? बाबु पनि नागरिक आमा पनि नागरिक छोराछोरीले नागरिकता नपाउने संसारमा कहिँ नभएको.. भनेर मैले गठबन्धनका बैठकमा अध्यादेशमार्फत भए पनि नागरिकताको समस्या समाधान गर्ने प्रस्ताव राखेँ ।

तर अदालतको आदेश रहेछ कि मधेसका युवा र सबै नागरिकताबाट वञ्चित नेपाीलाई नागरिकता दिनुपर्छ । तर नागरिकताजस्तो यति गम्भीर, संवेदनशील विषय सदनमा छलफल गरेर प्रतिनिधिसिभाबाट पारित गरेर मात्र हल गर्नुपर्छ भनिदिएको हुनाले अध्यादेश ल्याउन नपाइने रहेछ ।

त्यसो भए सदनमा लैजाऔं, छलफल गराऔं र पारित गरौं भन्ने प्रस्ताव पनि राख्यौं । सदन के कारणले अवरुद्ध छ, तपाईंलाई थाहा छ । नागरिकतासबन्धी विषयमा व्यापक र गम्भीर छलफल गर्न सदन खुलेको हुनुपर्ने, सदन कसले रोकेको छ, तपाईंहरुले देख्नुभयो सदन फेरि त्यही एमाले र केपी ओली गुटले अवरोध गरेर नागरिकताबाट वञ्चित गराएको छ ।

हामीले अवरोधकै बीचबाट बजेट पारित गर्‍यौं, १२ बुँदे घोषणासहित एमसीसी पारित ग¥यौं, अब सदन खुल्नेवित्तिकै एमालेले अवरोध गरे पनि नागरिकता विधेयक छलफल गराएर पारित गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?