+
+
Shares

काठमाडौं महानगरद्वारा १५ शववाहन हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २४ गते २१:३३

२४ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले १ करोड ८० लाख मूल्य बराबरका ह्वील स्ट्रेचरसहितका १५ वटा शववाहन विभिन्न अस्पताल र नगरपालिकालाई एक साथ हस्तान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बिहीबार ती शववहानको साँचो हस्तान्तरण गरेका हुन् ।

साँचो हस्तान्तरणपछि मेयर शाक्यले यसअघि पनि सामूदायिक, सरकारी र नीजि अस्पताललाई सहयोग गर्दै आएको बताए । ‘काठमाडौं महानगरपालिका आफैँले शववहान सञ्चालन गर्नुपर्छ भन्नेहरु पनि छन्, तर काठमाडौं महानगरलाई नाम भन्दा काम चाहिएको छ,’ प्रमुख शाक्यले भने, ‘हामीले सहकार्यको हात बढाउँदै आज शववहान हस्तान्तरण गर्दै हाम्रो दायित्व पूरा गरेका छौँ । अब तपाईँहरुले महानगर र उपत्यकावासीको अपेक्षा गरे अनुसार यी शववहानको प्रयोग गर्नुहोला ।’

काठमाडौं महानगरपालिकाले आज एकै पटक क्षत्रपार्टी निशुल्क चिकित्सालय, नेपाल एपीएफ अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, मनमोहन मेमोरियल अस्पताल, गणेशमान सिंह मेमोरियल अस्पताल, सूर्य विनायक नगरपालिका, गोदावरी नगरपालिका, भक्तपुर क्यान्सर अस्पताल, भद्रपुर नगरपालिकालगायतलाई शववहान हस्तान्तरण गरेको हो ।

महानगरपालिकाले दिएको जानकारी अनुसार ती प्रत्येक शववहानको मूल्य करिब १२ लाख ४ हजार परेको छ । सम्झौता अनुसार ती शववहानले उपत्यका भित्र निशुल्क सेवा प्रवाह गर्नुपर्ने छ । काठमाडौं महानगरपालिकाले १५ शववहान मध्ये नेपाल एपीएफ र त्रिवि शिक्षण अस्पताललाई भने दुई-दुई ओटा हस्तान्तरण गरेको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?