+
+

गुल्मीमा टाइफाइडविरुद्धको खोप दिन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते ११:५५

२५ चैत, गुल्मी । गुल्मी जिल्लामा बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन सुरु गरिएको छ । १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन सुरु गरिएको हो ।

खोपको एक कार्यक्रमकाबीच तम्घासस्थित अर्जुन आवासीय माध्यमिक विद्यालय खोप केन्द्रमा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले स्वास्थ्य कर्मीलाई भ्याक्सिन क्यारियर दिएर शुभाम्भ गरेका हुन् ।

खोपको शुभारम्भ गर्दै पराजुलीले सबै लक्षित समूह नछुटाउन आग्रह गरे । खोप प्रभावकारि भएकोले अनिवार्य रुपमा आफ्ना छोरा छोरीलाई खोप केन्द्रमा लगेर खोप लगाउन पराजुलीले सबैलाई आग्रह गरेका छन् ।

जिल्लामा करिब ६८ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका खोप फोकल पर्सन बोम आर्यालले बताए ।

टाइफाइडविरुद्धको खोप देशभरी एकै चरणमा २०७८ चैत्र २५ देखि २०७९ वैशाख १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

जिल्लाका ९३ वटै स्वास्थ्य चौकीबाट टाइफाइडविरुद्धको खोप लगाइएको अर्यालले बताए ।

नेपालमा विगत ५ वर्षको तथ्याङ्क अनुसार हरेक वर्ष करिब चार लाख ५० हजार जना टाइफाइड संक्रमित हुने गरेको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?