+
+

जेष्ठ नागरिक अस्पताल निर्माण गर्न सरकारको सैद्धान्तिक सहमति

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते १३:१९

२५ चैत, काठमाडौं । सरकारले जेष्ठ नागरिक अस्पताल बनाउनका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सरकरका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जेष्ठ नागरिकलाई विशिष्ट स्वास्थ्य सेवा उपलब्ध गराउन विशेषज्ञ सेवासहितको नागरिक अस्पताल स्थापना गर्न सैद्धान्तिक सहमति दिएको जानकारी दिएका हुन् ।

अस्पताल निर्माण लागि स्वास्थ्य मन्त्रालयले सह–सचिव मदन भुजेलको नेतृत्वमा तीन सदस्य टोली गठन गरेको छ ।

टोलीले अस्पताल कुन ठाउँमा बनाउने, आवश्यक जग्गा व्यवस्थापन र लागत स्टिमेटबारे अध्ययन गरेर प्रतिवेदन बुझाउने छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अस्पताल निर्माणका लागि चितवन र हेटौँडामा जग्गा खोजी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?