
२५ चैत, काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत अन्तिम चरणका दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले १३औं चरणको खेलतालिका अपडेट गर्दै दुई खेल दशरथ रंगशालमा गराउने जनाएको छ ।
एन्फाका अनुसानर १३ औं चरण अन्तर्गत श्री कुमारी र ब्वाइज युनियन तथा रानीपोखरी कर्नर टिम (आरसिटी) र टुसाल क्लबबीचको खेल दशरथ रंगशालामा हुनेछ ।
नेपाली फुटबलमा लामो इतिहास बोकेको आरसिटी ए डिभिजन लिगमा बढुवा हुने संघारमा छ । १४ क्लब सहभागी बी डिभिजनबाट शीर्ष दुईमा रहने टोली ए डिभिजनमा बढुवा हुनेछन् ।
जसमा चर्च ब्वाइज युनाइटेडले एक खेल अगावै शीर्ष स्थानमा रहेर बढुवा र उपाधि पक्का गरिसकेको छ ।
आरसिटीले अन्तिम खेलमा आफू अनुकल नतिजा निकालेमा ए डिभिजनमा बढुवा हुनेछ ।
यस्तै अन्तिमा दुई टोली रेलिगेसनमा पर्नेछन् । झम्सिखेल रेलिगेसनमा परिसकेको छ भने पुछारबाट दोस्रोमा रहेको ब्वाइज युनिय रेलिगेसन टार्न संघर्षरत छ । ब्वाइज युनियनले अन्तिम खेल जित्दै अन्य खेलमा पनि आफू अनुकल नतिजा आए बी डिभिजनमै रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4