+
+
अन्तर्वार्ता :

‘दराजका उपभोक्ताले नयाँ वर्षमा ठूलो सरप्राइज पाउनु हुनेछ’

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते २०:१३

काठमाडौं । इकमर्स प्लेटफर्म दराजले २८ चैतदेखि आफ्ना ग्राहकका लागि नयाँ वर्ष लक्षित नयाँ अफर घोषणा गर्दैछ । ‘नव वर्षको सेल–नयाँ रहर नयाँ अफर’ अभियान अन्तर्गत १० दिन चल्ने यो अभियान कोरोना महामारी र दराजको नयाँ ब्रान्डिङ पछिको पहिलो अभियान हो ।

नयाँ वर्षको यो क्याम्पियनमा दराजले आफ्ना ग्राहकहरुलाई आश्चर्यजनक डिल, ५ हजार रुपैयाँसम्मको भौचर, विशेष अफर, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कारका साथै बम्पर उपहारमा विद्युतीय स्कुटर जित्ने अवसर ल्याएको छ । यही अफर र अफरमा हुने भुक्तानी प्रणाली, सहकार्य र त्यसमा पाइने छुटबारे अनलाइनखबरले दराज नेपालका भुक्तानी तथा भुक्तानी साझेदार विभाग प्रमुख अरुण फुयाँलसँग कुराकानी गरेको छ ।

नेपाली नयाँ वर्ष आउँदै छ । दराजले नयाँ वर्षमा के अफर ल्याउँदै छ ?

रि-ब्रान्डिङ पछि दराजले पहिलो पटक नयाँ नयाँ वर्षको क्याम्पियन गर्दैछ । यसबाट उपभोक्ताले ठूलो सरप्राइज पाउनु हुनेछ । यो रि-ब्रान्डिङ पछि मात्रै नभई कोरोनाको माहामारीबाट उत्रेको अवस्थाको नयाँ क्याम्पियन हो । ग्राहकलाई यो नयाँ वर्षमा दराजले नयाँ उत्साह थप्नेछ ।

दराजले विगतमा सञ्चालन गरेको अभियान र नयाँ वर्षको यो अभियानमा के फरक छ ?

नयाँ वर्षको यो अभियानमा हामी यस पटक सामान खरिद वा बिक्री मात्रै होइन । धेरै उपभोक्तालाई इकमर्सको ग्रहक बन्न र इकमर्समा बानी पार्नका लागि पनि काम गर्ने छौं । इकमर्स भनेको सपिङको एक मात्र प्लेटफर्म हो भन्ने बनाउने वातावरणका लागि दराजले यो नयाँ वर्षमा काम गर्नेछ ।

यो पटक कस्ता-कस्ता अफरहरु छन् ?

नयाँ वर्षको अवसरमा दराजले आफ्ना ग्राहकहरुलाई आश्चर्यजनक डिल, ५ हजार रुपैयाँसम्मको भौचर, विशेष अफर, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा नयाँ स्कुटर जित्ने अवसर पनि छ ।

यो क्याम्पियनमा मेघा गिभअवेमा फरक फरक अफरहरु लिएर आएका छौं । यस्तै मेगा डिल अन्तर्गत फरक-फरक छुटका अफरहरु हामीले अघि सारेका छौं ।

हाम्रा बिक्रेताहरुले ठूला ठूला छुटका अफरहरु पनि यो पटक घोषणा गर्नु हुनेछ । यस्तै यो पटकको क्याम्पियनमा सबै भन्दा सबल र राम्रो पक्ष भनेको उपभोक्ताले पेमेन्टपार्टनरबाट ठूलो छुट पाउनु हुनेछ । मलाई लाग्छ पेमेन्टपार्टनरबाटै उपभोक्ताले १० देखि १५ प्रतिशतसम्म छुट पाउने छन् । यस्तै वान रुपी गेम भन्ने गेम पनि हामीसँग छ ।

वान रुपी गेम भनेको के हो ?

यो भनेको हामीले यस पटक एक रुपैयाँमा दराजले प्रिमियम प्रडक्टहरु बिक्रीमा राख्छ । एक रुपैयाँ तिरेर ग्राहकहरु हाम्रा ती प्रडक्टहरु खरिद गर्न सक्छन् । यसरी यो खेलमा सहभागी हुने मध्ये पछि हामी गोला प्रथाबाट केही ग्राहकलाई पुरस्कार दिन्छौं ।

पुरस्कार नपाउने ग्राहकको रकम पछि उहाँहरुकै खातामा फिर्ता गर्छौं । यो एक प्रकारको खेल हो । यसमा ग्राहकलाई कुनै गुमाउनु पर्ने हुँदैन् । मात्रै ग्राहकलाई हामी इकमर्समा किनमेल गर्नका लागि सहज छ है भन्ने बानी पार्न चाहान्छौं ।

दराजको पेमेन्ट पार्टनर कति पुग्यो ?

यस पटकको क्याम्पियनमा दराजको पेमेन्ट पार्टनहरु १६ वटा हुनेछन् । हाम्रा पेमेन्ट पार्टनरहरुमा १५ वटा विकास र वाणिज्य बैंक, एक इसेवा र अर्को आईएमई पे हो । यस्तै नेपालको सबै भन्दा पुरानो नेपाल बैंक, सानिमा, बैंक अफ काठमाडौं, एनआईसी एशिया, सांग्रिला, ज्योति विकास बैंक, सिद्धार्थ र एनएमबि, सेन्चुरी, मुक्तिनाथ, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, स्ट्याण्डर्ड चार्टड, मेगा, सनराइज बैंक लगायतका रहेका छन् । सबै बैंकका ग्राहकहरुले अब सम्बन्धित बैंकको भिसा र मास्टर कार्ड, इसेवा र आईएमई पेबाट पेमेन्ट गर्न पाउनु हुनेछ र यसबाट छुट पनि पाइने छ ।

त्यो छुट भनेको चहिं कति हुन्छ ?

नयाँ वर्षको यो अफरमा बैंकको डेबिट र क्रेडिट कार्डबाट पेमेन्ट गर्दा छुट पाइन्छ । डेबिट कार्डमा १० र क्रेडिट कार्डमा १५ प्रतिशत छुट पाइन्छ । त्यसबाहेक इसेवा र अन्य पेमेन्ट पार्टनरहरुबाट पनि छुटका अफरहरु हुन्छन् ।

दराजको दैनिक कारोबारमा भुक्तानीको विषय प्राथमिक छ ?

दराजले दैनिक १५ हजार अर्डर आफ्नो प्लेटफमबाट दैनिक डेलिभरी बिक्री भइरहेको छ । यसको झण्डै ५० प्रतिशत रकम उपभोक्ताले अग्रिम भुक्तानी गर्ने गरेको देखिएको छ । यसको अर्थ मानिसहरु केही छुट र अफरहरु पाए राम्रोसंग इकमर्शमा जोडिन्छन् भन्ने देखिएको छ ।
त्यसैले हामीले यो पटक पेमेन्ट पार्टनरहरुको सहभागी र त्यसबापत उपभोक्ताले पाउने छुटलाई विशेष प्राथमिकतामा राखेका छौं ।

उपभोक्तालाई अग्रिम भुक्तानीबाट कारोबार गर्न हामी प्रोत्साहन गदैछौं । यसबाट ग्रहकलाई नगदमा गरिने झन्झटिलो कारोबारबाट मुक्ति मिल्नेछ भने सामानहरु मन नपर्दा वा कहीले काहीँ हुने त्रुटिमा नगदफिार्त गर्न सहज होस भन्ने हिसावले पनि डिजिटल कारोबारमा उपभोक्तालाई आर्कषित गर्न दराजले काम गर्ने छ ।

दराजमा अहिलेकति बिक्रेता र क्रेता छन् ?

दराजमा अहिले १५ हजार सक्रिया बिक्रेताहरु छन् । यस्तै यसको नियमित ग्राहक ४० लाख छन् । मासिक १५ लाख ग्राहकहरु हाम्रो सक्रिय छन् । नयाँ वर्षको यो अभियानमा हामी थप नयाँ ग्राहक बनाउने र उहाँहरुलाई इकमर्समा बानी पार्ने हो ।

दराजमा अहिले कुल बिक्रीको प्रडक्ट कति छ ?

अहिले हामीसँग १५ लाख छ । यसमा छुट्टा छुट्टै छुटको अफरहरु छन् । जस्तो दराजले दिने छुट, बिक्रेताले दिने छुटहरु यी उत्पादनमा पाइन्छ । दराजबाट ग्राहकले सबै प्रकारका सामानहरु खरिद गर्न सक्नु हुन्छ ।

यो पटकको अफरमा कति प्रतिशतसम्म छुट पाइन्छ ?

दराजको प्रडक्टमा अहिलेनै ४५ प्रपितशतसम्म छुट उपलब्ध छ । अब यसमा पेमेन्ट पार्टनरले दिने छुट, दराजले दिने थप छुट र बिक्रेताले दिने स्वयम् छुट अझै धेरै हुनसक्छ ।

दराजको नयाँ वर्ष अफरबारे ग्राहकले थाहा पाउन पेमेन्ट पार्टनरले पनि केही सहयोग गर्छन् ?

पक्कै पनि गर्छन् । हामीहरुको प्लेटफर्मबाट दिने सुविधाबाट उहाँहरुको ग्राहकले छुटको उपयोग गरेर कारोबार गरुन भन्नका लागि सूचना पठाउनु हुन्छ । यसले उपभोक्तालाई अग्रिम जानकारी मिल्छ ।

दराजको अभियान सुरु हुनु अघि उपभोक्ताले थाहा पाउनै पनै पर्ने टिप्सहरु के-के हुन् ?

ग्राहकले अनलाईन खरिद गर्दै हुनुहुन्छ भने आफूले किन्न चाहेको वस्तुको रिभ्यू जान्नु पर्छ । यस्तो अनुभव दराजको प्लेटफर्ममा देखिन्छ । यसले राम्रो भए अन्य ग्राहकलाई खरिदका लागि प्रोत्साहन मिल्छ भने नराम्रो भए पनि बिक्रेता र ग्रहकलाई सच्चिन मौका मिल्छ । यस्तै दराजले ग्राहकलाई आफ्ना बिक्रेतासँग सिधै कुरा गर्न मिल्ने प्लेटफर्म तयार गरिदिएको छ ।

त्यसबाट पनि ग्रहकले धेरै कुराहरु थाहा पाउनसक्नु हुन्छ । यस्तै एक रुपी गेमबाट ग्राहकहरुले आफ्नो बैंकको कार्डहरु दराजको अनलाइन सपिङका लागि योग्य भए नभएको जान्न पनि मौका मिल्छ । यस्तै आफूले खरिद गर्न चाहेको वस्तुको खरिदका लागि दराजको नोटिफिकेसन र छुटहरुबारे चनाखो रहने गर्नु पर्छ । आफ्नो कार्डको सुरक्षाका उपायहरुमा जानकार हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?