+
+

माधव नेपाललाई ओलीको चुनौती : ३ सिट जितेर देखाउनुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते १६:३६

२५ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा चुनावमा ३ सिट जितेर देखाउन माधवकुमार नेपाललाई चुनौती दिएका छन् ।

पार्टी एकीकरणको बेला आफूले दिएको सिटलाई प्रचण्ड र माधवकुमार नेपालले दुरुपयोग गरेर आफैंमाथि प्रहार गरेको उनको आरोप छ ।

शुक्रबार काठमाडौंमा आयोजित पार्टी निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौंथो राष्ट्रिय महाधिवेशनमा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम लिँदै २३ सिट पाउने हुती नभएको बताए ।

आफूले दिएको सिट दुरुपयोग गरेको भन्दै ओलीले भने, ‘माधव नेपाल २२-२३ सिट ल्याउने हुती भएको मानिस हो ? अब ३ सिट ल्याएर देखाउन त ?’

एमाले अध्यक्ष ओलीले ३० बैशाख २०७९ मा हुने चुनावको परिणाम बेग्लै हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?