+
+

आर्थिक समृद्धिका लागि युवा सहभागिता जरुरी : शिक्षामन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते १९:०९

२५ चैत, काठमाडौं । शिक्षामन्त्री देवेन्द्र पौडेलले नेपालमा राजनीतिक परिवर्तन भइसकेकाले अब आर्थिक समृद्धि आवश्यक रहेको बताएका छन् ।

सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले शुक्रबारदेखि काठमाडौंमा सुरु भएको दुई दिने नेशनल युथ फोरमको उद्घाटन गर्दै शिक्षामन्त्री पौडेलले आर्थिक समृद्धिका लागि अब युवा सहभागिता जरुरी रहेको बताए ।

मन्त्री पौडेलले विदेशमा जाँदा मात्र राम्रो हुने, विदेशमा मात्र सफलता हासिल हुने भन्ने खालको मानसिकता त्यागेर युवाहरुले नेपालमै सम्भावनाहरु खोज्नुपर्ने बताए ।

सहकारीमा लागेका युवाहरुलाई प्रोत्साहित गर्दै मन्त्री पौडेलले लगानी गर्न नडराउन आह्वान गरे । अर्थतन्त्रका आधार स्वीकार गरिएको सार्वजनिक, निजी, सहकारी क्षेत्रले एक आपसमा सहकार्य गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्ने अन्य वक्ताहरुले मुलुकको समृद्धिका लागि सहकारी अभियान र सहकारी भावना अपरिहार्य भएको बताएका थिए ।

राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष एवं संविधान सभा सदस्य ओमदेवी मल्ल, भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल, सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडी, सहकारी महासंघका पूर्वअध्यक्ष केशवप्रसाद बडाल लगायतले सम्बोधन गर्दै नेपालमा राजनीतिक परिवर्तन आइसकेकाले अब समृद्धितर्फ सबै लाग्नुपर्नेमा जोड दिए ।

शनिबारसम्म चल्ने सम्मेलनमा देशभरका युवा सहकारीकर्मीहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?