+
+

कुँवरलाई ३ दिनभित्र रमाना लिन कामू प्रधानन्यायाधीशको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २६ गते १९:११

२६ चैत, काठमाडौं । कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीले मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई न्यायपरिषदको निर्णय अनुसार नियुक्तिपत्र लिन र तोकिएको ठाउँमा गएर जिम्मेवारी सम्हाल्न निर्देशन दिएका छन् ।

सर्वोच्च अदालत प्रशासनले कुँवरको नाममा रमानापत्र समेत तयार पारिसकेको छ ।

‘उहाँलाई तीन दिनभित्र रमानापत्र लिन र उच्च अदालत पाटनमा गएर जिम्मेवारी सम्हाल्न कामू प्रधानन्यायाधीशज्यूबाट निर्देशन भएको छ’ सर्वोच्च अदालत स्रोतले भन्यो, ‘त्यसका लागि सबै कागजात तयार भइसकेको छ ।’

न्यायपरिषदले मुख्य रजिष्ट्रार कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । कुँवर भने वरियताक्रममा एक तहमुनिको पदमा नजाने भन्दै उच्च अदालतको मुख्य न्यायाधीश पद मागिरहेका छन् । न्यायाधीशमा जानुको साटो आफू बरु मुख्य रजिष्ट्रार पदमा बसिरहने उनको अडान छ ।

कामू प्रधानन्यायाधीश निकट स्रोतका अनुसार, लामो समयदेखि आफूहरुसँग समन्वय नगरेको र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्ष लिएको आरोप कुँवरमाथि छ ।

तर कुँवरले भने आफूले पेशागत धर्म निर्वाह गरेको र त्यसक्रममा प्रधानन्यायाधीश जबराको पक्षपोषण गरेको जस्तो देखिएको भनी आफ्नो बचाउ गरिरहेका छन् ।

कुँवरबाट न्यायप्रशासनको नेतृत्व हुन नसक्ने र उनीमाथिका कतिपय गुनासा छानविन हुने भन्दै कामू प्रधानन्यायाधीश कार्कीले उनलाई न्यायाधीशको नियुक्ति लिएर जान आग्रह गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?