
२७ चैत, काठमाडौं । हेउन मिन सनले ह्याट्रिक गरेपछि टोटनहम हट्सपरले प्रिमियर लिगमा एस्टन भिल्लालाई ४-० ले पराजित गरेको छ । भिल्लाविरुद्ध जितपछि टोटनहमले चौथो स्थानमा पकड बनाएको छ ।
आर्सनल र म्यानचेष्टर युनाइटेड दुवै एकै दिन पराजित भएपछि टोटनहमलाई फाइदा पुगेको छ ।
जितपछि ३१ खेलबाट ५७ अंक जोडेको टोटनहम चौथो स्थानमा छ र आर्सनलमाथि ३ अंकको अग्रता बनाएको छ ।
खेलको तेस्रो मिनेटमै गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका सनले ६६औं र ७१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।
यस्तै ५०औं मिनेटमा डेजान कुलुसेभ्स्कीले एक गोल गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4