+
+

नेपाली राष्ट्रिय फुटसल टिम उज्वेकिस्तानसँग पराजित

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते १३:१९

२७ चैत, काठमाडौं । एएफसी फुटसल एसियन कप छनाेटमा नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ ले पराजित भएको छ ।

उज्वेकिस्तानका लागि रोपिभ इख्तियोरले २ गोल गर्दै नेपाललाई निराश बनाएका हुन् ।

खुस्नीद्धिन निसोनोले खेलको दोस्रो मिनेटमा नै गोल गर्दै उज्वेकिस्तानलाई अग्रत दिलाएका थिए ।

खेलको ५ औं मिनेटमा रोपिभ इख्तियोरले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यस्तै, खेलको ११ औं मिनेटमा उज्वेकिस्तानका उस्मोनोभ अक्बरले गोल गर्दै पहिलो हाफमा नै खेल उज्वेकिस्तानको पकडमा लगे ।

नेपालका लागि खेलको २८ औं मिनेटमा मणी कुमार लामाले गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरे ।

तर ३२ औं मिनेटमा रोपिभ इख्तियोरले व्यक्तिगत दोश्रो गोल गर्दै उज्वेकिस्तानको जित पक्का गरे ।

दोस्रो हाफको अन्तिम मिनेटमा उज्वेकिस्तानका गोलरक्षक रभ्सन इलिबेभले गोल गर्दै उज्वेकिस्तानलाई ५–१ को जित दिलाएका हुन् ।

खेलको २९ औं मिनेटमा खेम सुमित श्रेष्ठलाई फाउल गर्दा नेपालले फ्रि किक पाएको थियो । फ्रि किकमार्फत पाएको अवसरलाई पासका माध्यमद्वारा सरोज तामाङले हानेको बल पोष्टको बारमा लाग्दै बाहिरियो ।

यसअघि एएफसी फुटसल छनोटमा नेपाल सन् २०१७ मा र २०१९ मा उज्वेकिस्तानसँग क्रमश : १४–१ र ४–१ ले पराजित भएको थियो । २०१९ मा मणि कुमार लामाले गोल गरेको र यस पटक पनि उनै मणिले गोल गरे । उनी एपीएफबाट फुटबल खेल्छन् ।

खेलमा पराजित भए पछि नेपालका प्रशिक्षक गौरव बस्नेतले नेपालले राम्रो प्रदर्शन गरे पनि गोल गर्न नसक्दा पराजित हुनु परेको बताए ।

‘दोस्रो हाफमा हामीले धेरै मौका पायौं । तर उपयोग हुन सकेन केही बारमा लागेर फर्किए । आजको खेलमा हामीले बलियो प्रतिस्पर्धा दिएका हौं तर उज्वेकिस्तान भाग्यशाली सावित भयो’, नेपालका प्रशिक्षक गौरव बस्नेतले भने ।

उनले आगामी खेलमा ताजकिस्तान र अफगानिस्तानसँग रणनीति परिवर्तन गर्दै राम्रो खेल्ने बताए । प्रशिक्षक बस्नेतले नेपालले मैत्रीपूर्ण खेल नखेलेका कारण पनि गाह्रो भएको बताए । ‘हामीले यस्तो मैदानमा मैत्रीपूर्ण खेल खेलेका थिएनौं । किर्गिस्तानमा खेलेको दुई मैत्रीपूर्ण खेल पनि यस्तो मैदानमा थिएन, पिचमा थियो, त्यसले पनि समस्या भयो ।’

नेपाले दोश्रो खेलमा भोलि ताजकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?