+
+

आईएमई पे र दराजबीच सम्झौता, नयाँ वर्षमा ग्राहकलाई आकर्षक छुट

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते १६:३८

काठमाडौं । आईएमई पे र दराजबीच सम्झौता भएको छ । नयाँ वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा आईएमई पे र दराजबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा आईएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका भुक्तानी प्र बन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार आईएमई पे सेवाग्राहीले दराजमार्फत अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १० प्रतशतसम्म छुट प्राप्त गर्न सक्ने छन् । नव वर्ष २०७९ अभियान  २८ चैतदेखि ७ वैशाख २०७९ सम्म यो अभियान सञ्चाालन हुनेछ ।

अभियानको पहिलो दिन बिहान १२ देखि १२ः३० सम्म १० प्रतिशत छुट, एक हजार रुपैयाँ अधिकतम र अभियान सुरु भएको पहिलो आधा घण्टापछि दैनिक ‘रस आवर’ आधा–घण्टामा १० प्रतिशत अधिकतम ७५० रुपैयाँसम्म हुने व्यवस्था मिलाइएको छ ।

‘रस आवर’ को समय बिहान ८ बजेदेखि ८ः३० सम्म र दिउँसो ३ बजेदेखि ३ः३० सम्म हुनेछ । साथै दराजको रु. १ को गेममा पनि सहभागि भएर Samsung A03 Core, Q&U Queen Size Bed 7 X 5 ft, NARZO 50 (Narzo by realme) जस्ता आकर्षक उपहार पनि जित्न सक्नेछन् । यस अभियानको मोडालिटी सामूहिक भौचर हुनेछ जहाँ प्रयोगकर्ताले आईएमई पे भौचर संकलन गरी छुट रिडिम गर्नेछन्।

आईएमई पेका सेवाग्राहीलाई नयाँ वर्षमा सजिलैसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु यो अभियानको मुख्य उदेश्य रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?