+
+

दराजको नयाँ वर्ष लक्षित अभियान सुरु, स्कुटर जित्ने अवसर

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते १७:२०

काठमाडौं । दराजले आफ्ना ग्राहकलाई लक्षित गरी नयाँ वर्षको अवसरमा ‘नयाँ रहर, नयाँ अफर’ सुरु गरेको छ । २७ चैतको मध्यरातदेखि सुरु भएको अभियान विगतका वर्षहरू भन्दा फरक हुने र ग्राहकलाई थप आकर्षक र रोमाञ्चक सपिङ अनुभव प्रदान गर्ने दराजले विश्वास गरेको छ ।

यो अभियान मार्फत ६० प्रतिशतसम्मको मेगा डिल, ५ हजार रुपैयाँसम्मको विशेष छुट भौचर, अनलाइन प्रिपेमेन्टमा (बैंक कार्ड, ईसेवा र आईएमई पे वालेट) १ हजार ५०० रुपैयाँसम्मको छुट, खेल १ रुपैयाँ मार्फत उत्कृष्ट पुरस्कार जित्ने मौका, निःशुल्क सपिङ र बम्पर उपहारको रूपमा थ्बमभब क्–ीष्पभ स्कुटर जित्ने मौका रहेको छ ।

दराज नव वर्ष २०७९ को प्रमुख आकर्षणहरू मध्ये एक पेमेन्ट पार्टनर छुट रहेको छ । जसमा ग्राहकहरुले सीमित डेबिट र क्रेडिट कार्डबाट प्रि–पेमेन्ट गर्दा एक हजार रुपैयाँदेखि एक हजार ५०० रुपैयाँसम्मको छुट पाउन सक्नेछन् ।

सानिमा बैंक, एनआईसी एसिया बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबी बैंक, सनराइज बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक र सेन्चुरी बैंकका कार्ड बाहकहरुले डेबिट कार्ड मार्फत प्रि–पे गरे १० प्रतिशत (अधिकतम रु. १०००) र क्रेडिट कार्ड मार्फत प्रि–पे गरे १५ प्रतिशत (अधिकतम रु. १५००) सम्मको छुट पाउन सक्नेछन् ।

सांग्रिला बैंक, ज्योति विकास बैंक र मुक्तिनाथ बैंकका डेबिट कार्ड बाहकले प्रि–पेमेन्टमा १० प्रतिशत (अधिकतम १ हजार रुपैयाँ) छुट पाउने छन् भने स्ट्यान्डर्ड चार्टर्ड बैंकका कार्ड बाहकले डेबिट/क्रेडिट कार्ड प्रि–पेमेन्टमा १० प्रतिशत (अधिकतम रु. १०००) छुट पाउने छन।

यसबाहेक, दराजका ग्राहकहरूले ई–सेवा र आईएमई–पे वालेट मार्फत भुक्तानी गर्दा सीमित अवधिका लागि १० प्रतिशत (अधिकतम १ हजार रुपैयाँ) सम्मको अतिरिक्त छुट पनि प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, दराज नव वर्ष २०७९ अभियानमा प्रदर्शित “खेल एक रुपैयाँ”मा भाग लिने ग्राहकहरुले सामसुङ ग्यालेक्सी ए०३ कोर, रियलमी नार्जो ५० र वान प्लस १० प्रो ५जी जस्ता पुरस्कार केवल १ रुपैयाँमा जित्ने मौका पाउनेछन् । खेलमा भाग लिन ग्राहकहरुले बैंक कार्ड, ई–सेवा वा आफ्नो आईएमई पे खाता प्रयोग गरी १ रुपैयाँ भुक्तानी गर्नु पर्ने हुन्छ र यदि नजितिएमा सबै रकम फिर्ता हुनेछ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डमा विशेष छुट

नव वर्ष २०७९ अभियानमा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूले आफ्नो उत्पादनमा विशेष डिल र छुटहरू प्रदान गरिरहेका छन् । ग्राहकहरूले आफ्नो मनपर्ने ब्रान्डहरूमा ६० प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।

अभियानका लागि डायमण्ड पार्टनरहरू भने आमायरा फेशन हाउस, कन्भर्स नेपाल, रियलमी र डब्ल्यूओडब्ल्यू रहेका छन् । प्लेटिनम पार्टनरहरूमा बियर्डो, सीजी डिजिटल, इभो स्टोर, ओलीज स्टोर, लोट्टो स्पोर्ट्स नेपाल, मसला बिड्स र फिलिप्स समावेस छन् । गोल्ड पार्टनरहरूमा एर्के, जुआस, कोन्का एन्ड फोर्स, मीमी नेपाल, क्यूएनयू फर्निचर, रोह्टो मेन्थोलाटम नेपाल, पियाजाइटालिय र मन्त्र नेपाल समावेश छन् । अभियानमा थप हाइलाइटका रुपमा एड टु कार्ट, ब्रान्ड अफ द डे, हट फिक्स, फलो एण्ड विन, दराज जेम्स, वान डे क्रेजी सेल र रिभिउ एण्ड विन रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?