+

सिटी र लिभरपुल अंक बाँडे

२०७८ चैत  २८ गते ७:०६ २०७८ चैत २८ गते ७:०६
सिटी र लिभरपुल अंक बाँडे

२८ चैत, काठमाडौं । प्रिमियर लिगको उपाधि होडमा रहेका दुई क्लब म्यानचेष्टर सिटी र लिभरपुलले आइतबार २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीपछि सिटी पहिलो र लिभरपुल दोस्रो स्थानमै यथावत छन् ।

सिटीले घरेलु मैदानमा दुई पटक अग्रता लिएपनि जोगाउन सकेन भने लिभरपुलले दुई पटक पुनरागमन गर्दै अंक खोसेको हो ।

खेलको पाँचौं मिनेटमै केभिन डी ब्रुएनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । तर अग्रता लामोस यम टिकेन । १३औं मिनेटमा डिएगो जोटाले लिभरपुलका लागि बराबरी गोल फर्काए ।

गाब्रीएल जेससले ३६ औं मिनेटमा गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए ।

तर दोस्रो हाफको पहिलो मिनेटमै साडियो मानेले गोल गरेपछि लिभरपुलले दोस्रो पटक खेलमा पुनरागमन गर्‍यो ।

त्यसपछि ६३औं मिनेटमा सिटीका रहिम स्ट्रर्लिङले गोल गरेपनि भिएआरले अफसाइट देखाए पनि मान्यता पाएन  ।

यस बराबरीले लिगको उपाधि होड थप रोमान्चक बन्दै गएको छ । सिटी र लिभरपुलबीच जम्मा एक अंकको मात्र अन्तर छ । ३१ खेलपटि सिटीको ७४ अंक र लिभरपुलको ७३ अंक छ ।

म्यानचेष्टर सिटी लिभरपुल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय