+
+

नेपालगञ्जमा कारले ठक्कर दिंदा ३ पैदलयात्रीको मृत्यु   

रासस रासस
२०७८ चैत २८ गते ९:०२

२८ चैत, राँझा (बाँके) । नेपालगञ्जको बिपी चोक नजिक आइतबार राति  कारले ठक्कर दिंदा तीन जना पैदलयात्रीको मृत्यु भएको छ ।

प्रदेश ३-०१-२३ च ८४८१ नम्बरको कारले ठक्कर दिंदा नेपालगञ्ज उपमहानगरपालिका- ११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए ।

उनका अनुसार सडकमा हिँडिरहेका तीनै जनालाई कारले ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई त्यही कारमा राखेर चालकले शिक्षण अस्पताल नेपालगञ्ज पुर्‍याएका थिए । १५ मिनेटपछि नै उनीहरुलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

प्रहरीले कार चालक नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी २८ वर्षीय इन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएको प्रमुख प्रहरी निरीक्षक शाहले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?