+
+

गुजरात चौथौ खेलमा पराजित, हैदरावादको दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते ६:४२

२९ चैत, काठमाडौं । नव प्रवेशी गुजरात टाइटान्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पहिलो हार व्यहोरेको छ ।

सोमबार राति मुम्बइमा भएको आफ्नो चौथो खेलमा गुजरात सनराइजर्स हैदराबादसँग ८ विकेटले पराजित भएको हो । हारपछि गुजराज पाँचौ स्थानमा झरेको छ । गुजरातले यसअघि लगातार ३ खेल जितेर ६ अंक जोडेको थियो ।

गुजरातले दिएको १६३ रनको लक्ष्य पछ्याएको हैदरावादले १९.१ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य भेटायो । हैदरावादका कप्तान केन विलियम्सनले ५७ रनको अर्धशतकीय पारी खेले भने अभिषेक शर्माले ४२ रनको योगदान गरेका थिए ।

गुजरातका हार्दिक पान्ड्या र राशिद खानले एक/एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको गुजरातले पूरै २० ओभर खेल्दै सात विकेट गुमाएर १६२ रन बनाएको थियो । कप्तान हार्दिक पान्ड्याले अविजित ५० र अभिनव मनोहरले ३५ रनको योगदान गरेका थिए ।

हैदराबादका भुवनेश्वर कुमार र टी नाटराजनले दुई/दुई विकेट लिएका थिए ।

जितपछि पनि हैदरावाद अंक तालिकाको ८औं स्थानमै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?