+
+

एमालेबाट नेपालगञ्जको मेयरमा पशुपति दयाल मिश्र सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते १०:४९

२९ चैत, नेपालगञ्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको मेयर र उपमेयर पदका लागि नेकपा एमालेले सर्वसम्मत रुपमा उम्मेदवारको नाम टुंगो लगाएको छ ।

एमाले नेपालगञ्ज नगर कमिटीका बैठकले मेयरमा पशुपति दयाल मिश्र र उपमेयरमा शान्ति ढकालको नाम सिफारिस गरेको हो । मिश्र हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूह छाडेर केही दिनअघि मात्रै नेकपा एमालेमा प्रवेश गरेका हुन् । त्यसअघि उनी तराई मधेश लोकतान्त्रिक पार्टीमा थिए ।

मधेश आन्दोलनबाट उदाएका नेता मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी बाँके क्षेत्र नं‍. २ बाट उम्मेदवार थिए । स्वतन्त्र राजनीतिक समूहका उनी सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धा गरे पनि पराजित भए ।

हालै एमाले प्रवेश गरेपछि उनी एमालेको केन्द्रीय सदस्य बनेका थिए । उपमेयरमा सिफारिस ढकाल पनि एमालेको केन्द्रीय सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?