+
+

रुकुमपश्चिममा टेलिकम टावरमा खराबी आउँदा सञ्चार सेवा अवरुद्ध

रासस रासस
२०७८ चैत २९ गते ११:४९
फाइल तस्वीर

२९ चैत, जाजरकोट । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको हिमाली क्षेत्र गोतामकोटमा रहेको नेपाल टेलिकमको नमस्ते प्राविधिको टावरमा खराबी आउँदा डोल्पामा समेत सञ्चार सेवा अवरुद्ध भएको छ ।

दुई दिनदेखि अवरुद्ध जाजरकोट पूर्वी क्षेत्र, रुकुमको आठबीसकोटको माथिल्लो भाग र डोल्पाको तल्लो भाग सञ्चार सेवाबाट बञ्चित भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।

टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जले प्राविधिकसहितको टोली मंगलबार पठाएर काम सुरु गरेको जनाएको छ । सञ्चार सेवा अवरुद्ध हुँदा सेवाग्रही मर्कामा परेका छन् ।

जाजरकोट पूर्वमा टेलिफोन टावर सञ्चालमा रहँदा पनि राम्रोसँग काम नगर्ने, आवाज नबुझिने र बीच–बीचमै कट्ने समस्या रहेको नलगाड नगर प्रमुख टेकबहादुर रावलले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?