+
+

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते ११:५३

२९ चैत, काठमाडौं । सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तोलामा एक लाख एकसय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार एक लाख ९ सय रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख ५४ सय रुपैयाँ तोकिएको छ भने चाँदीको प्रतितोला मूल्य १३ सय ८० रुपैयाँ छ ।

सोमबार ९९ हजार ६ सय रुपैयाँमा तेजावी र १ हजार ३६५ रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो । चाँदी अघिल्लो दिनको तुलनामा तोलामा १५ रुपैयाँले बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?