
काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुका लागि नयाँ वर्षको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ ।
एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले सीजी डिजिटलको उत्पादनहरुको २० हजारको खरिद गरी एनएमबिको कुनै पनि कार्डबाट पीओएस वा अनलाइनमा भुक्तानी गर्दा २ हजार रुपैयाँको क्यासब्याक पाउने बैंकले जनाएको छ । यो योजना २९ चैतदेखि सुरु भई सीमित अवधिका लागि मात्र लागु हुनेछ ।
दराजबाट सामान खरिद गर्दा अच्चमको अफर
एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँ बर्षको लागी नयाँ अफर सार्वननिक गरेको छ । एनएमबि बैंकको ग्राहकले नेपालको अग्रणी अनलाईन दराजबाट समान खरीद गर्दा १० प्रतिशत वा एक हजार रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा १५ प्रतिशत वा १ हजार ५०० सम्म छुट पाउन सक्नेछन् । यो योजना २८ चैतदेखि सुरु भई सीमित अवधिका लागि मात्र लागू हुनेछ ।
ईएनएमबी फोन पे स्क्यान टु पे गज्जबको अफर
एनएमबि बैंकका ग्राहकहरुले ईएनएमबी एपबाट स्क्यान गरी दैनिक उपभोग्य वस्तुको भुक्तानी गर्दा १० प्रतिशत वा १०० रुपैयाँसम्मको क्यास ब्याक पाउनुको साथै हेलिकप्टर चढी सगरमाथासम्म भ्रमण गर्ने मौका पाउन सकिने बैंकले जनाएको छ ।
उक्त छुट प्रप्त गर्नका लागि ग्राहकहरुले आफ्नो ईएनएमबी एप डेबिट कार्ड सक्रिय गरी ई–कमर्स पनि सक्रिय गर्नु पर्नेछ । यो योजना २९ चैतदेखि सुरु भई सीमित अवधिका लागि मात्र लागू हुनेछ ।
सस्तोडिलबाट सामान खरिद गर्दा पहिले भन्दा धेरै सस्तो
एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँ वर्षका लागि नयाँ अफर सार्वजनिक गरेको छ ।
एनएमबि बैंकका ग्राहकले सस्तोडिलबाट डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत वा २ हजार रुपैयाँसम्म छुट पाउन सक्नेछन् । यो योजना २९ चैतदेखि सुरु भई सीमित अवधिका लागि मात्र लागू हुनेछ ।
प्रतिक्रिया 4