+
+

सानिमा बैंक र नेपाल नेत्र ज्योति संघबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते १३:११

काठमाडौं । दृष्टि सम्बन्धी समस्याका क्षेत्रमा पारस्परिक सहकार्य गर्नका लागि सानिमा बैंक लिमिटेड र नेपाल नेत्र ज्योति संघ बीच सम्झौता भएको छ ।

समझदारी पत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्रो.डा.चेतराज पन्तले हस्ताक्षर गरेका छन् । यसै क्रममा सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा रहेका नेपाल नेत्र ज्योति संघ मातहतमा सञ्चालित आँखा उपचार केन्द्र तथा अस्पतालमा आँखासम्बन्धी रोगको उपचार तथा उपकरण खरिदका लागि आर्थिक सहयोग उपलब्थ गराउने छ ।

सानिमा बैंक लिमिटेडले विगतमा पनि दृष्टि सम्बन्धी समस्याको रोकथाम र न्यूनीकरणका लागि संघसँग सहकार्यको काम गर्दै आएको अवस्थामा यस समझदारीले सम्बन्धित प्रदेशका लक्षित वर्गमा दृष्टि सम्बन्धी समस्याको समयमै पहिचान, रोकथाम तथा उपचारमा अझ बढि टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?