
२९ चैत, काठमाडौं । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले तत्काल विदेशी ऋण नतिर्ने घोषणा गरेको छ ।
श्रीलंकाको केन्द्रीय बैंकले इन्धन लगायत अत्यावश्यक वस्तुहरु आयातका लागि आवश्यक विदेशी मुद्रा सञ्चित गर्न अन्तरिम अवधिका लागि वैदेशिक ऋणको सावाँ व्याजको भुक्तानी रोक्ने घोषणा गरेको हो ।
कर कटौती र कोभिड–१९ महामारीले पर्यटन निर्भर अर्थतन्त्रलाई नराम्ररी असर पुर्याएको
श्रीलंकामा इन्धन, बिजुली, खाद्यान्न र औषधि अभाव विरुद्ध एक महिनाभन्दा बढी समयदेखि सडकमा आन्दोलन भइरहेको छ ।
‘हामीले अत्यावश्यक वस्तु आयातमा ध्यान केन्द्रित गर्नु जरुरी छ । अहिले बाह्य ऋण तिर्नु आवश्यक छैन,’ श्रीलंकाका केन्द्रीय बैंकका गभर्नर पी. नन्दलाल वीरसिङ्घेले भनेका छन्, ‘यो यस्तो विन्दुमा पुगेको छ कि विदेशी ऋण तिर्न एकदमै चुनौतीपूर्ण र असम्भव छ ।’
वीरसिङ्घेले ऋणदातासँगको सम्झौता र अन्तिर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको ऋण कार्यक्रम सहयोग नआएसम्म विदेशी ऋण नतिर्ने बताएको रोयटर्यले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
श्रीलंकाले सोमबार आपतकालीन ऋणका लागि विश्वव्यापी ऋणदातासँग औपचारिक वार्ता सुरु गरेको छ ।
प्रतिक्रिया 4