+
+
Shares

शेखर कोइराला भन्छन्–गभर्नर निलम्वन गर्नु गैर जिम्मेवारीपन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते १८:४२

२९ चैत । काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्वन गर्नु सरकारको गैर जिम्मेवारीपन भएको आरोप लगाएका छन् ।

देशको ढुकुटीमा विदेशी मुद्रा घटिरहेको बेलामा विलासिताका सामान आयात गर्नु हुँदैन भन्दा गभर्नरलाई कारबाही स्वरुप निलम्वन गरिनु गैर जिम्मेवारी भएको उनले बताए ।

काठमाडौंमा भएको एक कार्यक्रममा नेता कोइरालाले भने, ‘तालमेल मिलेन रे, राष्ट्र बैंकको गभर्नरसँग कुरा मिलेन रे भनेर निलम्वन गर्नु एकदम गैर जिम्मेवार हो भन्ने मलाई लाग्छ ।’

अर्थमन्त्रालयले गरेका गलत कामलाई राष्ट्रबैंकले रोक्ने गरेको हुँदा अधिकांश लोकतान्त्रिक देशहरुमा अर्थमन्त्री र गभर्नरबीचको तालमेल नमिल्ने उनले बताए ।

नियुक्तिमाथि पनि कोइरालाको प्रश्न

नेता कोइरालाले सरकारले अहिले गरेका नियुक्तिहरुमाथि पनि प्रश्न गरेका छन् । उनले सरकारले राजदूतहरुमा गरेको नियुक्ति संविधानबिरुद्ध भएको र त्यसमा समावेशी नभएको बताए ।

नेता कोइरालाले भने, ‘अहिले जुन नियुक्तिहरु भएको छ, राजदूतको नियुक्ति भएको छ, व्यक्तिमा म जान्न, तर संविधानको खिलाफ भएको छ कि, छैन भनेर तपाईंहरुले हेर्नुपर्छ । समावेशी भयो त त्यो ? मलाई त लाग्दैन, समावेशी भयो भनेर । २० जना राजदूत नियुक्ति गर्दा समावेशी भएको देखिँदैन ।’

टेलिकममा प्रबन्धक निर्देशक नियुक्त भएका सुनिल पौडेलमाथि पनि कोइरालाले प्रशन उठाए ।

उनले भने ‘टेलिकममा एमडी नियुक्ति हुनुभयो । मैले सुनेको उहाँ त ओम्नीमा पनि समावेश हुनुहुन्छ । त्यस्तो विवादित व्यक्तिलाई किन गनुपर्‍यो ? के कारणले गर्नुभयो, यसको जवाफ सरकारले हामीलाई दिनुपर्छ । सुशासनको क्षेत्रबाट हेर्दा पारदर्शिता, जवाफदेहीता र उत्तरदायित्व हुन जरुरी छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?