+
+

रेसुङ्गा नगरको मेयरमा एमालेबाट पाण्डेय सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते १९:२५

२९ चैत, गुल्मी । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा (नेकपा) एमालले राजेन्द्र प्रसाद पाण्डेयलाई नगर प्रमुखको उम्मेद्‍वार बनाउन सिफारिस गरेको छ ।

मंगलवार तम्घासमा बसेको (नेकपा) एमाले रेसुङ्गा नगर कमिटीको बैठकले सर्वसम्मत रुपमा पाण्डेयलाई नगरप्रमुखको उम्मेद्‍वार बनाउन सिफारिस गरेको (नेकपा) एमाले रेसुङ्गा नगर कमिटी अध्यक्ष हरिप्रसाद पोखरेलले बताए ।

२०३५ सालमा बिद्यार्थी राजनीति गरेका पाण्डेय नेकपा एमाले गुल्मी जिल्ला कमिटी सदस्य हुन् । निजामति कर्मचारी संगठनको केन्द्रिय प्रतिनिधि रहेका पाण्डेय इन्जिनियर हुन् ।

उपप्रमुख पदमा भने नाम सिफारिस भएको छैन् । त्यसका लागि छलफल भइरहेको अध्यक्ष पोखरेलले बताए । रेसुङ्गा नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा (नेकपा) एमालेले नगरप्रमुख र उपप्रमुख जितेको थियो । रेसुङ्गा नगरमा अन्य पार्टीले भने उम्मेद्‍वार छनोट गरेका छैनन् ।

मुसिकोट नगरपालिकामा एमालेले यसअघि नै जीवन खरेललाई नगर प्रमुखको उम्मेद्‍वारमा सिफारिस गरिसकेको छ । यस्तै नेपाली कांग्रेसले हरिनारायण सापकोटालाई सिफारिस गरेको छ । मुसिकोट नगरमा २०७४ सालको स्थानीय तह निर्वाचनमा (नेकपा) एमालेले नगर प्रमुख उपप्रमुख जितेको थियो ।

धुर्कोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रले गाउँपालिका अध्यक्षसमेत रहेका भुपाल पोखरेललाई नै दोहो¥याउने भन्दै उम्मेद्‍वार सिफारिस गरेको छ । उनी दोस्रो कार्यकालका लागि उम्मेद्‍वार बन्न लागेका हुन् । यस गाउँपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेर माओवादी केन्द्रबाट पोखरेल अध्यक्षमा निर्वाचित भएका थिए ।

मालिका गाउँपालिकामा सत्ता गठबन्धनका नेपाली कांग्रेस र नेकपा माओवादी लगायतका दलले तालमेल गरेर उम्मेद्‍वार छनोट गरिसकेका छन् । गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट देबिराम अर्याललाई उम्मेद्‍वार बनाउने निर्णय उनीहरुले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?