+
+

काठमाडौं विश्वविद्यालयमा नेपाल समसामयिक अध्ययन केन्द्रको स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते १९:५२

२९ चैत, काठमाडौं। काठमाडौं विश्वविद्यालयले नेपाल समसामयिक अध्ययन केन्द्रको स्थापना गरेको छ । केयूले सामाजिक, राजनीतिक तथा अन्य समाज विज्ञान विधामा अध्ययन अनुसन्धान गर्नको लागि नेपाल समसामयिक अध्ययन केन्द्रको स्थापना गरेको हो ।

समाजका सीमान्तकृत समुदाय खास गरी दलितहरुको उत्थानमा अग्रणी भूमिका निर्वाह गरेका डा.भिमराव अम्बेडकरको १३१औं जन्म जयन्तीको सन्दर्भ पारेर मंगलबार पुर्वराष्ट्रपति डा.रामवरण यादवले काठमाडौं विश्वविद्यालय नेपाल समसामयिक अध्ययन केन्द्र (केयु–एनसीसीएस) उद्घाटन गरे ।

उक्त केन्द्र स्कुल अफ आर्टस परिसर हात्तिवन (ललितपुर)मा स्थापना गरिएको छ । कार्यक्रममा बोल्दै राष्ट्रपति डा.यादवले संविधानका बारेमा अम्बेडकर अडान झै दस्तावेज आफैमा पुर्ण नभए पनि अपनत्व दिएर जान सके समाज र देशका पक्षमा काम गर्ने वातावरण बन्ने बताए ।

करिब २४ वर्ष नेपाल समसामयिक अध्ययन केन्द्र गैरसरकारी संस्थाका रुपमा रहेर १५ वटा पुस्तक, ३० वटा जर्नल, ४४ लेखमालाहरु तयार गरेको र दुई वर्ष अघि विगठित भएको थियो ।

विघठित हुँदा संस्थाले आफूसँग भएको किताब लगायत अन्य जिन्सी सामान काठमाडौं विश्वविद्यालयलाई हस्तान्तरण गरेको थियो । त्यसैले विश्वविद्यालयले उक्त केन्द्र कै नाममा काममा अध्ययन केन्द्रको स्थापना गरेको केयूका प्रवक्ता उप-प्राध्यापक डा.उद्धव प्याकुरेलले जानकारी दिए ।

गैरसकारी संस्था नेपाल समसामयिक अध्ययन केन्द्रका सस्थापक अध्यक्ष प्रा. लोकराज बरालले काठमाडौं विश्वविद्यालय– नेपाल समसामयिक अध्ययन केन्द्रलाई समाज विज्ञानका गतिविधिमा बौद्धिक मात्र नभई आर्थिक रुपमा पनि सहयोग गर्न तयार रहको बताए। केन्द्रबाट समाज विज्ञानका क्षेत्रमा १९६ जना प्रशिक्षित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?